नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल « Khabarhub

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।

काठमाडौँ विश्वविद्यालय (केयू) को धुलिखेलस्थित ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।

‘सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ। यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ,’ उनले भने।

नयाँ पुस्ताले परिकल्पना गरेको समुन्नत समाज निर्माणका लागि सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले युवालाई राष्ट्र निर्माणमा सक्रिय सहभागी बन्न आग्रह गरे। काठमाडौँ विश्वविद्यालयबाट हालसम्म ५१ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको उल्लेख गर्दै उनले उनीहरूको ज्ञान, सीप र अनुभव देशको विकासमा उपयोग हुने विश्वास व्यक्त गरे।

दीक्षित विद्यार्थीलाई विदेशतर्फ आकर्षित हुनुभन्दा नेपालमै अवसर खोज्न र सिर्जना गर्न आग्रह गर्दै मन्त्री पोखरेलले भने, ‘नेपालमै अवसर पाइन्छ, हामी आफैँ पनि थप अवसर सिर्जना गर्नेछौँ।’

समारोहमा मन्त्री पोखरेलले विभिन्न विधामा उपाधि हासिल गरेका विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रसमेत प्रदान गरेका थिए।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा। डा। ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता (एआई) र अटोमेशनको तीव्र विकाससँगै प्राविधिक दक्षतासँगै विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई समान महत्व दिनुपर्नेमा जोड दिए।

त्यसैगरी, भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा। डा। भूपेन्द्र पाटद्र्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान तथा परम्परागत ज्ञानको आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयबाट प्राप्त शिक्षालाई समाजको हित, नैतिकता र जिम्मेवारीका साथ प्रयोग गर्न आग्रह गरे।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १ : ५९ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका