मैदानमा कमजोर, सपना विश्वकप « Khabarhub

मैदानमा कमजोर, सपना विश्वकप


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राउन्ड अफ ३२ को खेलमा पोर्चुगलका स्टाइकर क्रिस्टियानो रोनाल्डोको गोल क्रोएसियाको हारको कारक मात्रै भएन । रोनाल्डोका लागि व्यक्तिगत कीर्तिमान पनि बन्यो ।

४१ वर्ष १४७ दिनका रोनाल्डो आफैँ मैदान उत्रनु नै विश्वकपको नयाँ घटना थियो । उनी विश्वकपको नकआउट चरणको खेल खेल्ने सबैभन्दा पाका खेलाडी हुन् । यो आफैँमा प्रभावशाली रेकर्ड हो ।

रोनाल्डोले ६८ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै आफ्नो टिमलाई क्रोएसियासँग बराबरी गरे । यो अर्को रेकर्ड हो । नकआउट चरणमा गोल गर्ने उनी सबैभन्दा पाका खेलाडी हुन् ।

रोनाल्डोले विश्वकप नकआउट चरणमा गरेको पहिलो गोल पनि यही हो । जबकि उनी यसअघि पाँच संस्कारणका विश्वकप खेलिसके ।

अन्तिम अवसर

रोनाल्डो खेल जीवनको अन्तिमतिर छन् । उनी विश्वकपको जित्ने भोकले ४१ वर्षको उमेरमा पनि मैदानमा उत्रिएको भन्ने विश्लेषण आइरहेको छ ।

हुन पनि उनी पछिल्लो २ दशकको लाइमलाइटमा रहेका खेलाडी हुन् । व्यक्तिगत, देश र क्लब फुटबलमा उनले नपाएको सफलता केही छैन, बाँकी विश्वकप मात्रै हो ।

यो रोनाल्डोको अन्तिम विश्वकप रहेको चर्चा चलिरहँदा उनी दिदी कातिया अभेरियोले यसबारे स्पष्ट पारेकी छन् । उनले एक मिडियामा भनेकी छन्, ‘अब उसको बिदाइको समय नजिक आएको मैले जानकारी पाएकी छु । आजै होइन तर यो नै उसको बिदाइ हुनेछ । राष्ट्रिय टोलीबाट हो, अन्यका लागि होइन ।’

उनका अनुसार यो विश्वकपमा पोर्चुगलको यात्रा टुंगिएसँगै रोनाल्डोले राष्ट्रियले टोलीबाट सन्यासको घोषणा गर्नेछन् । अब राउन्ड अफ १६ मा पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । यो टोलीसँग हार भएको अवस्थामा रोनाल्डोले राष्ट्रिय टोलीको जर्सी फुकाल्ने सम्भावना उच्च छ ।

मैदानमा कमजोर टोली

रोनाल्डोको प्रोफाइलका कारण पनि पोर्चुगललाई विश्वकप दाबेदारभन्दा टाढा राखेर हेरिँदैन । फेरि, रोनाल्डो विश्वकप उचाल्ने दृढ सपना देखेरै खेलिरहेका छन् ।

पोर्चुगलको समूह चरणको खेलको नतिजाले विश्वकपको दाबेदार देखाउँदैन । न रोनाल्डो नै चल्न सके । पोर्चुगल के समूह चरणको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमा एक जित र दुई बराबरी खेल्यो ।

कमजोर मानिएको डीआर कंगोसँग पनि पोर्चुगलले बराबरी खेल्यो । फिफा र्‍याकिङको ११ औं स्थानमा भएको कोलम्बियासँग पनि यो टोली गोलरहित बराबरीमा रोकियो ।

नकआउट चरणको पहिलो खेलमा यो टोलीले क्रोएसियालाई घर पठाउन दुई गोल गर्‍यो । यसलाई पोर्चुगलको कमब्याकको रुपमा हेरिएको छ । तर, यही प्रदर्शनले अबको कठिन यात्रामा पोर्चुगलले पार गर्ने विषयमा विश्लेषकरूले सकारात्मक प्रतिक्रिया दिएका छैनन् ।

उनीहरू भन्छन्, ‘पोर्चुगल कागजमा बलियो छ । तर, मैदानमा कमजोर देखिनु आश्चर्यको विषय हो ।’

अब स्पेनसँग

स्पेन समूह एचको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरण र नकआउट चरणको पहिलो खेलमा स्पेनले गोल खाएको छैन । केप भर्डेसँगको खेलमा गोलरहित बराबरी खेलेको स्पेन अन्य टोलीसँग हाबी बन्यो ।

समूह चरणको खेलमा साउदी अरबसँग ४–० र उरुग्वेसँग १– ० को जित निकाल्यो । नकआउट चरणको खेलमा अस्ट्रियालाई ३–० गोलले हरायो ।

एट्याकिङमा र डिफेन्स दुवैमा स्पेन लयमा छ ।

तथापि फुटबलका पोर्चुगल र स्पेन युरोपको महाशक्ति राष्ट्र हुन् । रोनाल्डोलाई विश्वकप उचाल्नबाट रोक्न यही टोली काफी छ कि उनी च्याम्पियनको बिन्दू नजिक पुग्छन् ? यो नै चासोको विषय हो ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  २ : ४३ बजे

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु

श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ

कोलम्बो- श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको

चुनदेवीमा सभापतिको बोर्ड टाँसेका देउवालाई सानेपाले कसरी सम्बोधन गर्ला ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको स्वास्थ्य

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर