कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगमन्त्रीको छड्के अनुगमन « Khabarhub

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगमन्त्रीको छड्के अनुगमन


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छिन् । मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोली लिएर मन्त्री यादव बिहानै कार्यालयको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेकी हुन् । निरीक्षणका क्रममा कम्पनी रजिष्ट्रार कार्यालयकी प्रमुख कृष्णकुमारी श्रेष्ठले मन्त्री यादवलाई स्वागत गर्दै पछिल्लो एक महिनामा कार्यालयमा गरिएका सुधारका विवरणहरू सार्वजनिक गरेकी हुन् ।

रजिष्ट्रार श्रेष्ठका अनुसार सरकारको शासकीय सुधार सम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ मा उल्लेखित निर्देशनलाई आधार मानी विगतमा सर्वसाधारणले भोग्दै आएका सास्ती र झन्झटको अन्त्य गर्न पूर्ण डिजिटल प्रणालीको सुरुवात गरिएको छ । नयाँ व्यवस्था अनुसार अब सेवाग्राहीले कम्पनी दर्ताका लागि कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ र घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने नियम बनाइएको छ । घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने गरी प्रणाली विकसित गरिएको छ ।

यसका साथै, कम्पनी दर्तापश्चात् स्थायी लेखा नम्बर लिनका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय गइरहनु नपर्ने गरी प्रविधिलाई एकीकृत गरिएको छ । यो व्यवस्थाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने कार्यालयले जनाएको छ । सेवाग्राहीका गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न कार्यालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित कल सेन्टरको व्यवस्था समेत गरेको छ । जसका कारण अब २४सै घण्टा सेवाग्राहीले कम्पनी दर्ता सम्बन्धी जानकारी वा सेवा पाउन सक्ने भएका छन् ।

अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्दै सर्वसाधारणलाई अझै पनि कुनै प्रकारको सास्ती हुन नदिन र आगामी दिनमा नयाँ प्रविधिहरूको अधिकतम प्रयोगमा ध्यान दिन निर्देशन दिइन् । कार्यालयले डिजिटल प्रणाली र प्रविधिलाई पूर्ण रूपमा लागू गरेसँगै जनशक्ति व्यवस्थापनमा ठूलो फेरबदल ल्याउने प्रस्ताव अघि सारेको छ ।

हाल उपलब्ध प्रविधिको उच्चतम प्रयोगमार्फत थोरै कर्मचारीबाट धेरै र छिटो काम गर्न सम्भव भएको भन्दै रजिष्ट्रार श्रेष्ठले २८ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालयसमक्ष पेस गरेकी छिन् । यस निर्णयबाट राज्यको प्रशासनिक खर्चमा ठूलो भार कम हुने विश्वास लिइएको छ । उक्त अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको विशेष टोलीको सहभागिता रहेको थियो भने रजिष्ट्रार श्रेष्ठले मन्त्री र सचिवको टोलीलाई कार्यालयका सम्पूर्ण कार्यकक्षहरूको निरीक्षण गराएकी थिइन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  २ : ५३ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा