नेप्से परिसूचक आठ अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक आठ अंकले घट्यो


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक आठ दशमलव ३० अंकले ओरालो लागेर दुई हजार ६५३ दशमलव ४० अंकमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६५ अंकले ओरालो लागेर ४५९ दशमलव ८१ मा कायम भएको छ । कूल ३४५ कम्पनीको ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर चार अर्ब ४१ करोड १२ लाख ३४ हजार ५३७ मूल्यमा खरिद बिक्री भएको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा कृषि विकास बैंकको एग्रिकल्चर बण्ड, केबिएल डिवेञ्चर, एनआरएन इन्फास्ट्रक्चर, वेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा छ ।

सानिगाड हाइड्रो, स्नो रिभर लिमिटेड, कालङ्गा हाइड्रो, नेपाल फाइनान्स र खानीखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । 

अप्पर लोहोरे खोला हाइड्रोपावर, धौलागिरी लघुवित्त, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, सामुदायिक लघुवित्त र यनिभर्सल पावरका लगानीकर्ताले भने गुमाएका छन् । 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ३ : ४८ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६