६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह « Khabarhub

६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे पहिलोपटक सार्वजनिक रूपमा पुष्टि गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आमिरले जुलाई ५ मा आफ्नी प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्नेछन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आमिरले विवाह भव्य नभई अत्यन्त निजी हुने बताए । उनका अनुसार विवाह समारोह आफ्नै निवासमा आयोजना हुनेछ, जहाँ दुवै परिवारका सदस्य र केही नजिकका साथीभाइ मात्र उपस्थित रहनेछन् । कार्यक्रममा उनका छोरा जुनैद खान पनि सहभागी थिए ।

गौरी स्प्रैट बेंगलुरुकी फेसन तथा सैलुन व्यवसायी हुन् । उनका पिता तमिल–ब्रिटिश मूलका हुन् भने आमा पञ्जाबी–आइरिस मूलकी हुन् । उनी ब्रिटिश कम्युनिस्ट तथा भारतको स्वतन्त्रता आन्दोलनसँग जोडिएका फिलिप स्प्रैटकी नातिनी पनि हुन् ।

आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनका अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। गौरीको यसअघि विवाह भइसकेको छ र उनको सात वर्षको एक सन्तान छ । पछिल्ला दुई वर्षदेखि उनी आफ्ना सन्तानसँग मुम्बईमा बस्दै आएकी छन् ।

रोचक कुरा के छ भने आमिर र गौरीको चिनजान आजको होइन । उनीहरू करिब २५ वर्षदेखि एक अर्कालाई चिन्दै आएका छन् । वर्षौंसम्मको मित्रता बिस्तारै प्रेममा बदलिएको र अब विवाहमा परिणत हुन लागेको हो ।

दुई दशकभन्दा लामो मित्रतापछि जीवनको नयाँ अध्याय सुरु गर्न लागेका आमिर र गौरीको विवाह अहिले बलिउडका सबैभन्दा चर्चित विषयमध्ये एक बनेको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ३ : ४९ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर