बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा « Khabarhub

बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका नेता धवलशमशेर राणाले  नेपालको संविधान र गणतन्त्रविरुद्धको कार्यलाई राज्यविरुद्धको कसुरका रुपमा परिभाषित गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राणाले अन्तर्राष्ट्रिय मापदण्ड र  संविधानको सीमा विपरीत, सरकारले गणतन्त्रकाविरुद्ध गतिविधि गरे २५ वर्षसम्म सजाय गर्ने व्यवस्था राखी मुलुकी अपराधसंहिता संशोधन गर्ने प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारले मानवअधिकार र नागरिकको स्वतन्त्रताको मौलिक हकबिरुद्ध नै कदम चाल्न खोजेकाले समयमा नै सरकारलाई सजक गराउन खोजेको उनले बताए । उनले राष्ट्रवादी र राजावादीहरूले यस्ता कानुन बन्न नदिने भन्दै आफूहरू २५ वर्ष जेल बस्न तयार रहेको स्पष्ट पारे । 

त्यस्तै राणाले नयाँ पार्टीको विधान, नाम, झण्डा सबैको टुङ्गो लागिसकेको भन्दै असारभित्रै निर्वाचन आयोगमा दर्ता गरिने र पार्टीको नाम सार्वजनिक गरिने बताए । 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : ०८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको