सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला « Khabarhub

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला आयोजना गरिएको छ ।  

पोखरा उद्योग बाणिज्य संघ र ग्रोथसेलरको संयूक्त आयोजना र पोखरा महानगर पालिकाको सहयोगमा  आयोजना गरिएको मेलामा विभिन्न बैंक, अस्पताल, विभिन्न मोट कम्पनी लगायत ६० भन्दा बढी व्यावसायिक कम्पनीहरूको सहभागिता रहेको छ ।

मेलामा रोजगार दाता र दक्ष जनशक्तीबिच प्रत्यक्ष भेटघाट हुने, विभिन्न कम्पनीमा अवसर अन्तरवार्ता, पेशागत परामर्श तथा करियर विकासका सम्भावना प्राप्त गर्न सकिने समेत बताइएको छ ।  

पछिल्लो समय लाखौँ युवा जनशक्ति रोजगारीको खोजीमा रहेका बेला आफ्नो सीप, योग्यता र अनुभवसँग मिल्ने अवसर खोज्ने उत्कृष्ट अवसर भएकाले यस्ता मेलाबाट रोजगारीको लागी राम्रो वातावरण बन्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । 

रोजगार मेलाबाट विशेष गरी बेरोजगार युवा जनशक्ति र व्यवसायी बिचको सम्बन्ध बिस्तार आगामी दिनमा आफ्नै देशमा बसेर सफल व्यवसाय सञ्चालन गर्नका लागी मेलाको आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : १५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको