बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ? « Khabarhub

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताएका छन् । 

देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा भइरहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताएका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस नहुने बताए । उनले भने, ‘भाइरसको जोखिम काँचो मासुमा हुन्छ । राम्ररी पकाएको मासु र अण्डा खाँदा कुनै डर छैन ।’ उनले काँचो मासु ल्याएर राखिएको भाँडा भने निःसङ्क्रमित गर्न सुझाव दिए  ।

प्रा डा बस्नेतले भने, ‘ल्याएर काँचो मासु राखेको भाँडालाई भने सङ्क्रमणमुक्त बनाउनुपर्छ’, तातोपानीले भाँडालाई सफा गरेर सङ्क्रमणमुक्त गराउन सकिने उनले सुझाव दिए ।

बर्डफ्लुका विज्ञसमेत रहेका प्रा डा बस्नेतले ४० डिग्री तापक्रम पुगेपछि भाइरस मर्ने जनाउँदै भने, ‘बर्डफ्लु लागेको कुखुराले अण्डा पार्न सक्दैन । त्यसैले अण्डा झनै सुरक्षित छ ।’ बर्डफ्लु लागेपछि सबै कुखुरा नष्ट गरिने हुँदा सङ्क्रमित कुखुरा बजारमा आउने सम्भावना नहुने उनको भनाइ छ । 

सरकारले क्षतिपूर्ति दिने भएकाले कुखुरामा बर्डफ्लु देखिएमा तुरुन्त नष्ट गरेर बजारमा आउनबाट रोक्न प्रा डा बस्नेतले सुझाव दिए । ‘नेपालमा काँचो मासु खाने प्रचलन छैन । त्यसैले पनि बर्डफ्लुको जोखिम मानिसमा कम छ’, उनले भने ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजयकुमार श्रेष्ठले अहिले चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको कुनै सङ्क्रमण नभेटिएकाले मासु र अण्डा पकाएर खान सकिने बताए । 

चितवनसहित छिमेकी २२ जिल्लाबाट यहाँ नमूना परीक्षणका लागि आउने जनाउँदै उनले जिल्लामा पछिल्लो समय गत जेठमा सङ्क्रमण देखिएको बताए ।

त्यसअघि चैतमा एउटा फार्ममा सङ्क्रमण देखिएको भन्दै डा श्रेष्ठले किसानलाई सजग भएर काम गर्न सुझाव दिए । उनले भने, ‘फार्ममा काम गर्दा सुरक्षित भएर काम गर्नुपर्छ । कामदारले पञ्जा, बुट, एप्रोन, माक्सजस्ता सुरक्षाका उपकरण प्रयोग गर्नु उपयुक्त हुन्छ ।’

डा श्रेष्ठले जैविक सुरक्षामा ध्यान दिन सकेमा सङ्क्रमणबाट बच्न सकिने सुझाव दिए । किसानका फार्ममा कुखुरा मार्ने समस्या देखिएमा वा शङ्कास्पद देखिएमा तत्काल परीक्षण गर्न र रोग पुष्टि भएमा सो फार्मका अण्डा, कुखुरा र दाना बाहिर नलैजान उनले आग्रह गरे ।

मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै समस्या नहुने भन्दै उनले रोग मानिसमा सर्ने जोखिम कम रहेको बताए। मानिसबाट मानिसमा यो रोग नसर्ने भन्दै उनले भने, ‘पकाएर मासु र अण्डा खाँदा कुनै समस्या छैन ।’

भाइरस बाहिरबाट फार्ममा भित्रिने भन्दै डा श्रेष्ठले खोरमा आफैँ भाइरस उत्पादन नहुने बताए । उनले भने, ‘यो भाइरस बाहिरबाट आउने हो । चराचुरुङ्गी, गाडी, दाना, पानीको माध्यमबाट खोरमा भित्रिन सक्छ ।’

चराचुरुङ्गीमार्फत सङ्क्रमण आउन सक्ने भन्दै उनले खोर वरिपरिका रुख काट्न पनि सुझाव दिए। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार बर्डफ्लुबाट नष्ट गर्ने पोल्ट्रीजन्य सामग्रीमा जिल्ला दररेटको ७० प्रतिशत सरकारले क्षतिपूर्ति दिने गर्दछ । 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ६ : २८ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन