नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन « Khabarhub

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले शुक्रबार मन्त्रालय र आफ्नो सचिवालयको टोलीसहित नक्सालस्थित नेपाल बाल संगठनमा छड्के अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री बादीले संगठनको प्रशासनिक, वित्तीय तथा बाल संरक्षणसम्बन्धी गतिविधिबारे जानकारी लिनुका साथै संस्थाको समग्र कार्यसम्पादनको समीक्षा गरेकी थिइन् । 

उनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारात्मक कदम तत्काल अघि बढाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएकी छन् । 

मन्त्री बादीले नेपाल बाल संगठनमा सुशासन, पारदर्शिता र जबाफदेहितालाई संस्थागत गर्दै बाल संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन तथा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर कार्य गर्न विशेष जोड दिएकी छन् ।

यसैबीच, अनुगमनबाट प्राप्त तथ्य, सुझाव तथा संस्थाको समग्र अवस्थाका आधारमा नेपाल बाल संगठनका विषयमा केही दिनभित्रै ठोस निर्णय गरिने मन्त्री बादीले बताएकी छन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : ०५ बजे

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी