बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो « Khabarhub

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले बताए ।

उनका अनुसार पाटन–६ का ३१ वर्षीय दीपक विक, नाम नखुलेका पाटन–८ का अन्दाजी ६० वर्षीय पुरुष र परिचय नखुलेकी अन्दाजी ५५ वर्षीया महिला गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको टाउकोमा चोट लागेको उनले जानकारी दिए ।

प्रहरी निरीक्षक तिमिल्सेनाले घाइतेमध्ये नौ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाउँदै दुई जनालाई धनगढी पठाइएको उल्लेख गरे । बाँकी नौ जनालाई उपचारका लागि डडेल्धुरातर्फ लगिएको उनले बताए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : ४६ बजे

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक