विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा « Khabarhub

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले पदबाट राजीनामा दिएका छन् । विश्वकप यात्राको अन्त्यसँगै उनले विज्ञप्ति जारी गर्दै टोलीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् ।

जर्मनीको विश्वकप अभियान राउन्ड अफ ३२ मै टुंगिएको थियो । पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि चार पटकको विश्व च्याम्पियन जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह चरणमा जर्मनीले कुरासाओलाई ७–१ को फराकिलो अन्तरले हराएको थियो भने आइभरी कोस्टलाई २–१ ले पराजित गरेको थियो। तर इक्वेडरसँग २–१ को हारले टोली समूह विजेता बन्न असफल भयो र त्यसपछि नकआउट चरणमा पाराग्वेसँगको हारले विश्वकप यात्रा समाप्त भयो ।

३८ वर्षीय नागेल्सम्यान सेप्टेम्बर २०२३ मा हान्सी फ्लिकको स्थानमा जर्मनीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्वमा जर्मनीले घरेलु मैदानमा आयोजित यूईएफए यूरो २०२४ को क्वार्टरफाइनल तथा २०२५ को यूईएफए नेसन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : २६ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा