विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा « Khabarhub

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले पदबाट राजीनामा दिएका छन् । विश्वकप यात्राको अन्त्यसँगै उनले विज्ञप्ति जारी गर्दै टोलीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् ।

जर्मनीको विश्वकप अभियान राउन्ड अफ ३२ मै टुंगिएको थियो । पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि चार पटकको विश्व च्याम्पियन जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह चरणमा जर्मनीले कुरासाओलाई ७–१ को फराकिलो अन्तरले हराएको थियो भने आइभरी कोस्टलाई २–१ ले पराजित गरेको थियो। तर इक्वेडरसँग २–१ को हारले टोली समूह विजेता बन्न असफल भयो र त्यसपछि नकआउट चरणमा पाराग्वेसँगको हारले विश्वकप यात्रा समाप्त भयो ।

३८ वर्षीय नागेल्सम्यान सेप्टेम्बर २०२३ मा हान्सी फ्लिकको स्थानमा जर्मनीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्वमा जर्मनीले घरेलु मैदानमा आयोजित यूईएफए यूरो २०२४ को क्वार्टरफाइनल तथा २०२५ को यूईएफए नेसन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : २६ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता