६ जना फरार प्रतिवादी पक्राउ « Khabarhub

६ जना फरार प्रतिवादी पक्राउ


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा एक–एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीबाट १३ लाख सात हजार ७२० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ७ : ३० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण