सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि « Khabarhub

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ (राजु) पाण्डे र नेपाली सेनाका एकजना अधिकृतबीच भएको विवादको भिडियो भाइरल भएको छ।

काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुखसमेत रहेका पाण्डेले नेपाली सेनाका एकजना अधिकृतले गरेको आग्रहलाई बेवास्ता गर्दै हप्कीदप्कीसहित पेलेको विषयले प्रधानसेनापति अशोक सिग्देल र प्रधानमन्त्री वालेन्द्र शाहबीच नै खटपट ल्याउने अवस्था आएको छ।

राजुनाथ प्रधानमन्त्री शाहका निकट र प्रिय पात्रमध्ये एक हुन् । तर पछिल्लो समय उनी सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहन्छन्। काठमाडौं ४ का सांसद उनले सैनिक अधिकृतलाई गरेको हप्कीदप्कीसहित पेलेको व्यवहारसम्बन्धी विषय सेनापति सिग्देलले प्रधानमन्त्री शाहमसम्मै पुर्‍याएर असन्तुष्टि पोखेका हुन् ।

सोमबार बौद्ध माकलबारीबाट गोकर्णेश्वर मन्दिर जाने सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वको गोकर्ण फरेस्ट रिसोर्ट क्षेत्रको पर्खाल भत्काउने क्रममा दुई पक्षबीच भनाभन भएको हो । नेपाली सेनाले विपद् व्यवस्थापन तालिम केन्द्र तथा सुरक्षा व्यवस्थापन गर्दै उक्त क्षेत्रमा डोजर चलाउँदा जंगली जनावरलाई पनि असर पर्ने चिन्ता थियो ।

त्यही चिन्तासहित सेनाका ती अधिकृतले सांसद पाण्डेसँग डोजर चलाउनेबारे अनुमति पत्र खोजेका थिए । तर पाण्डेले काठमाडौं महानगरकै शैलीमा सेनालाई समेत पेले, बलजफ्ती डोजर चलाउन लगाए।

गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महत, जनप्रतिनिधि र स्थानीय भेला गरेर पाण्डेले डोजरमार्फत् पर्खाल भत्काउँदै सडक विस्तार अघि बढाए । तर सेनाका प्रतिनिधिले अनुमतिबिना यसो गर्नु उचित नहुने भनेर राजुनाथलाई सम्झाइरहे । सेनाका अधिकृतले सडक विस्तारअघि आधिकारिक अनुमति पत्र देखाउन भने पनि पाण्डे पेलेर गए।

सार्वजनिक भिडियोमा सैनिकले ‘यहाँ फौज बसेको छ, ब्यारेक छ’ भन्दै पाण्डेलाई डोजर चलाउने काम रोक्न आग्रह गरेका सुन्न सकिन्छ। तर सांसद पाण्डेले ‘फौज बसेर के भयो?’ भन्दै करिडोरको मापदण्ड सबैका लागि बराबर लागु हुने भनेर अघि बढ्छन्।

स्थानीयले सडकका लागि जग्गा छाडिसकेकाले सरकारी निकायले पर्खाल ठड्याएर सडक अवरुद्ध गर्न नहुने जिकिर गरे । ‘अब यहाँ डोजर रोकिँदैन, चल्छ चल्छ। म स्पष्ट निर्देशन लिएर आफैं आएको छु। कुनै अन्योल भए सम्बन्धित निकायसँग गएर बुझ्नुस्,’ उनी ठाडो शैलीमा ती सैनिकलाई भन्छन्।

त्यसक्रममा सांसद पाण्डेले प्रधानमन्त्री वालेन्द्र शाहसँग समन्वय गरर डोजर चलाउन आएको बताउँछन् । त्यसपछि उनी नेपाल ट्रस्टसँग जानकारी लिन सेना अधिकृतलाई सुझाउँछन्। तर उता पाण्डेले सडक विस्तारले सुरक्षा जोखिम नहुने जिकिर गरे। जीर्ण पर्खाल राखिरहँदा दुर्घटना हुन सक्ने भएकाले डोजर हान्न लागिएको उनी बताउँछन्।

सेनाका अधिकृतले आफ्नो सुरक्षा जिम्मेवारीभित्रको क्षेत्रमा कुनै संरचना हटाउनुअघि आधिकारिक अनुमति पत्र चाहिने बताइरहन्छन् । उनले पर्खाल भत्काउँदा जंगली जनावर बाहिर जाने भनेर पनि पाण्डेलाई सम्झाउँछन् । त्यति भनेर उनी काम रोक्न भनिरहन्छन् ।

तर सेनाको आग्रह अस्वीकार गरेका पाण्डेले ३० मिटर लामो पर्खाल हटाएर सडक विस्तार गराएका छन्। स्थानीयबासीले पुरानो पर्खाल हटाए रुख नकाटिएको बताएका छन् । कम्तीमा वर्षदेखि अधुरो सडकखण्ड खुलेपछि बागमती करिडोर दुवैतर्फबाट जोडिएको उनीहरूले बताएका छन्। अब आलापोट, भद्रवास र सुन्दरीजल क्षेत्रका बासिन्दालाई यो सडकले सहज भएको उनीहरूको भनाइ छ।

उता उक्त घटनाप्रति नेपाली सेनाले असन्तुष्टि व्यक्त गरेको छ। सैनिकमाथि भएको व्यवहारलाई सेनाले गम्भीर रूपमा लिएको छ ।

यही घटनापछि प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री वालेन्द्र शाहलाई सिंहदरबारमा भेटेका छन् । भेटमा गोकर्णेश्वरस्थित सैनिक ब्यारेकको पर्खाल भत्काएर सडक बनाएको विषयमा प्रधानसेनापतिले आफ्ना कुरा राखेका छन् ।

बालेननिकट सांसद पाण्डे र सैनिक अधिकृतबीच विवादलाई लिएर प्रधानसेनापतिले असन्तुष्टि व्यक्त गरेका हुन् । तर रक्षा मन्त्रीसमेत रहेका बालेन र प्रधानसेनापतिको यो भेटलाई नियमित पनि भनिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १ : ४५ बजे

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र