प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन « Khabarhub

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा रिहा आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र बिदुर कोइरालाको इजलासले मंगलबार राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अधिकारीलाई तीन लाख रुपैँयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

तर, भक्तपुरको नालिञ्चोकस्थित हेलिप्याड निर्माणमा भएको भ्रष्टाचारसहितका अन्य मुद्दामा थुनामा पठाउने आदेश भएकाले अधिकारीले यसमा धरौटी बुझाए पनि थुनामुक्त हुन पाउने छैनन्। उनी अहिले डिल्ली बजार जेलमा छन् ।

यसअघि अख्तियारले गत वैशाख महिनामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो ।

चीनको लगानीमा बनेको पोखरा विमानस्थलको ठेक्का सम्झौतामै ठेकेदार कम्पनीले राजस्व तिर्ने उल्लेख भए पनि त्यसको प्रावधानविपरीत राजस्व छुट दिएको आरोप अख्तियारले उनीहरूमाथि लगाएको थियो ।

अख्तियारले कार्की र अधिकारीसहितका उच्च पदस्थहरूविरुद्ध तीन अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा अदालत लगेको थियो । यो राजस्व छुटको मुद्दामा अन्य आरोपितलाई पनि अदालतले राहत दिइसकेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ५ : ३४ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान