प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन « Khabarhub

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा रिहा आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र बिदुर कोइरालाको इजलासले मंगलबार राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अधिकारीलाई तीन लाख रुपैँयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

तर, भक्तपुरको नालिञ्चोकस्थित हेलिप्याड निर्माणमा भएको भ्रष्टाचारसहितका अन्य मुद्दामा थुनामा पठाउने आदेश भएकाले अधिकारीले यसमा धरौटी बुझाए पनि थुनामुक्त हुन पाउने छैनन्। उनी अहिले डिल्ली बजार जेलमा छन् ।

यसअघि अख्तियारले गत वैशाख महिनामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो ।

चीनको लगानीमा बनेको पोखरा विमानस्थलको ठेक्का सम्झौतामै ठेकेदार कम्पनीले राजस्व तिर्ने उल्लेख भए पनि त्यसको प्रावधानविपरीत राजस्व छुट दिएको आरोप अख्तियारले उनीहरूमाथि लगाएको थियो ।

अख्तियारले कार्की र अधिकारीसहितका उच्च पदस्थहरूविरुद्ध तीन अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा अदालत लगेको थियो । यो राजस्व छुटको मुद्दामा अन्य आरोपितलाई पनि अदालतले राहत दिइसकेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ५ : ३४ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक