अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत « Khabarhub

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको मानवीय सहायता अभियानलाई निरन्तरता दिएको छ।

अभियानअन्तर्गत अनेरास्ववियूको टोलीले रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गर्नुका साथै स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो।

अनेरास्ववियूका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले नौकुण्ड गाउँपालिका–४ मा वडा अध्यक्ष नोकेन्द्र तामाङको प्रत्यक्ष रोहबरमा २६ जना बाढीपीडित परिवारलाई घरदैलोमै पुगेर राहत सामग्री वितरण गरेको जनाएको छ।

त्यसैगरी, बाढीबाट अत्यन्त प्रभावित उत्तरगया गाउँपालिका–बेत्रावती क्षेत्रमा गाउँपालिका प्रमुख माधव अर्याल तथा वडा नं. ५ का अध्यक्ष यमनाथ आचार्यलाई खाद्यान्न, औषधि, लत्ताकपडा, सोलार, बत्ती, टर्चलाइट, भाँडाकुँडा तथा सरसफाइका सामग्री हस्तान्तरण गरिएको अनेरास्ववियूले जनाएको छ।

अभियानका क्रममा विपत्तिमा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै उनीहरूको पीडामा साथ दिने प्रयास गरिएको अनेरास्ववियूले जनाएको छ।

अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाले अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा सञ्चालन भइरहेको मानवीय सहायता अभियान राहत वितरणमा मात्र सीमित नभई विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धता, जिम्मेवारी र मानवीयताको प्रतिबद्धता भएको बताए।

उनले विपत्तिमा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। साथै, अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै अनेरास्ववियूले आफ्नो क्षमताअनुसार निरन्तर सेवा र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ५ : ५१ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको