बीपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने « Khabarhub

बीपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

मालवाहक गाडी राति मात्रै चल्ने


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। चाप नियन्त्रण र आवगमन सहज बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणाली लागू गर्दै मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गको क्षमतालाई ध्यानमा राख्दै मालवाहक सवारीको तौल सीमा अधिकतम १० टन तोकेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडक जाम हुन नदिन ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी धुलिखेल-खुर्कोट खण्डमा मालवाहक गाडीको समय व्यवस्थापन गरिएको छ।

यस्तै ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीलाई धुलिखेल-भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको रोहवरमा मात्रै सञ्चालन गराइनेछ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जोखिमयुक्त र साँघुरा घुम्तीहरूमा तत्काल सुधारका काम अघि बढाइएको जानकारी दिए। सडक अवरुद्ध हुन नदिन संवेदनशील स्थानहरूमा डोजर तथा अन्य उपकरण तम्तयारी अवस्थामा राखिएको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ५ : ५७ बजे

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म