समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड « Khabarhub

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

इन्जो फर्नान्डेज र ज्याक्सन बेचेर कीर्तिमानी नाफा


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व हस्तान्तरण भएयता इंग्लिस क्लब चेल्सीले हरेक समर ट्रान्सफरमा आश्चर्यजनक निर्णय गर्दै आएको छ। यस पटकको ट्रान्सफर विन्डोमा पनि चेल्सीले मोगन रोजर्स, म्याक्सेन्स लाक्रोवा र एमिलियानो मार्टिनेजसहित ११ जना नयाँ खेलाडी भित्र्याउन ३४ करोड ९० लाख (३४९ मिलियन) पाउन्ड खर्च गर्‍यो।

तर यसपटकको ट्रान्सफर चेल्सीका लागि विगतभन्दा फरक रह्यो- भारी रकम खर्च गरे पनि क्लबले कारोबारबाट नाफा कमाएको छ।

यस पटक चेल्सीबाट कुल ३९ जना खेलाडी बाहिरिएका छन्, जसमा १७ जनालाई स्थायी रूपमा बेचिएको छ भने २२ जनालाई ऋणमा पठाइएको छ। लोनमा पठाइएका चार खेलाडीलाई पछि खरिद गर्नुपर्ने वा गर्न सकिने सर्त राखिएको छ, जसको मूल्य १४ करोड पाउन्डभन्दा बढी हुन्छ। यसबाहेक सम्झौतामुक्त गरिएका चार युवा खेलाडीलाई यो संख्यामा गणना गरिएको छैन। यति धेरै खेलाडी बाहिरिएपछि पनि चेल्सीको आधिकारिक वेबसाइट अनुसार सिनियर टोलीमा अझै ३० जना खेलाडी सूचीकृत छन्।

चेल्सीको आन्तरिक तथ्याङ्क अनुसार खेलाडी बिक्री र लोन शुल्कसहित यो समरमा क्लबले ५० करोड पाउन्डभन्दा बढी सङ्कलन गरेको छ, जुन विश्व कीर्तिमान मानिन्छ। बीबीसी स्पोर्ट्सका अनुसार चेल्सीले ट्रान्सफर कारोबारबाट करिब १२ करोड (१२० मिलियन) पाउन्ड नाफा कमाएको अनुमान छ। युरोपेली फुटबल इतिहासमा खेलाडी किनबेचको दृष्टिकोणले यो एउटा अभूतपूर्व र कीर्तिमानी अवधि बनेको छ।

बाहिरिने खेलाडीमध्ये मध्यक्रमका एन्जो फर्नान्डेज १२ करोड ५० लाख पाउन्डको कीर्तिमानी रकममा म्यानचेस्टर सिटी पुगेका छन्। त्यस्तै सेनेगलका स्ट्राइकर निकोलस ज्याक्सन ६ करोड ५० लाख पाउन्डमा एस्टन भिल्ला तथा स्पेनिस फुलब्याक मार्क कुकुरेला ५ करोड १८ लाख पाउन्डमा रियल मड्रिड भित्रिएका छन्। लियाम डेलाप र आन्द्रे सान्तोस पनि जनही ५ करोड पाउन्ड हाराहारीका सम्झौतामा बिक्री भए।

चेल्सीले ४ करोड पाउन्डभन्दा बढी मूल्यमा पाँच खेलाडी बेचेको छ। लोनमा टोटेनहम पुगेका मिखाइलो मुड्रिक (७ करोड ५० लाख पाउन्ड खरिद विकल्प) र एस्टन भिल्ला पुगेका अलेहान्ड्रो गार्नाचो (४ करोड ३० लाख पाउन्ड अनिवार्य खरिद) लाई जोड्ने हो भने यो सङ्ख्या सात पुग्छ। तुलनात्मक रूपमा हेर्दा, यो अवधिमा सिरी ‘ए’ मा ४, ला लिगामा २ र बुन्डेसलिगामा ४ वटा मात्रै ४ करोड पाउन्डभन्दा माथिका ट्रान्सफर भएका थिए।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ७ : ०३ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर