तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग « Khabarhub

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक नै शोकमा रहेका कारण नजिकै आएको तीज पर्वको खासै रौनक देखिएको छैन । तीजलाई लक्ष्य गरी आयोजित मेला–महोत्सव पनि स्थगित भइरहेका छन् । ती कार्यक्रममा हुने खर्च जोगाएर आयोजकले बाढी प्रभावितका लागि राहत सहयोग प्रदान गरिरहेका छन् । 

गाउँटोल र समूहमा हुने ससाना दरखाने कार्यक्रमलाई पनि रोकेर महिला विपद्मा सहयोगको हात फैलाइरहेका छन् । पोखरा, लामाचौरको नवआदर्श सामुदायिक विकास समाजले २८औँ संस्करणको लामाचौर तीज महोत्सव–२०८३ तथा लामाचौर कप खुला पुरुष र अन्तर माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिता स्थगित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ११ हजार १११ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । 

बाढीको घटनाबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि तीज महोत्सवमा हुने खर्चबापतको रकम बाढी प्रभावितलाई राहतस्वरूप प्रदान गरिएको समाजले जनाएको छ । 

पोखरामा महिला पर्यटन व्यवसायीको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले तीज कार्यक्रम स्थगित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख २१ हजार १०० एक जम्मा गरेको मञ्चका अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन् । 

महिला पर्यटन व्यवसायीले सामूहिक दरखाने कार्यक्रमका लागि छुट्याएको रकम बाढी प्रभावितको राहतमा खर्च गरेका हुन् । विनाशकारी बाढीले मुलुक नै आक्रान्त भएका बेला खर्चिला र मनोरञ्जनात्मक कार्यक्रम नगरी विपद्मा हातेमालो गर्ने सङ्घसंस्था उल्लेख्य छन् । 

प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरी उक्त कार्यक्रमका लागि संकलित एक लाख बाढी प्रभावितको राहतमा खर्च गरेको छ । समूहको टोली बागलुङदेखि राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिए । 

‘देश नै शोकमा डुबेका बेला तीज कार्यक्रम गर्नु उचित नहुने देखेपछि स्थगित गर्‍यौँ’, उनले भनिन्, ‘कार्यक्रमका लागि संकलन भएको रकमबाट बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेका हौँ ।’

गलकोट समाज, पोखराले तीजको दरखाने र सांस्कृतिक कार्यक्रम स्थगित गरेर त्यसमा हुने खर्चबापतको रु दुई लाख ७५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । गुठी युवा क्लब, बागलुङले पनि तीज मेला स्थगित गरी बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यसरी नै स्वतःस्फूर्त रुपमा राहत सहयोग जुट्नेक्रम जारी छ । 

संकलित राहतलाई एकद्वार प्रणालीबाट बाढी प्रभावित परिवारलाई वितरणका लागि राज्यका निकायमार्फत सहजीकरण भइरहेको छ । सरकारी निकायसँगै जनस्तरबाट बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ । 

जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पेसाकर्मी, कलाकारलगायत एकल र सामूहिक रुपमा राहत सहयोग अभियानमा जोडिएका छन् ।  
 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ८ : ५६ बजे

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र