कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)  « Khabarhub

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ।

जन्माष्टमीका अवसरमा बिहानैदेखि ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा दर्शन तथा पूजा–अर्चना गर्ने भक्तजनको घुइँचो लागेको छ। भगवान् श्रीकृष्णको दर्शन र पूजा गर्न भक्तजन लामो लाइनमा बसेका छन्। भजन–कीर्तन गर्दै तथा श्रीकृष्णको नाम स्मरण गर्दै भक्तजन मन्दिर पुगेका छन्।

हिन्दु धर्मावलम्बीले भगवान् श्रीकृष्णलाई धर्म, सत्य, प्रेम र कर्मका प्रतीकका रूपमा श्रद्धा गर्ने गर्छन्। धार्मिक मान्यताअनुसार महाभारतमा अर्जुनलाई दिएको उपदेशमार्फत श्रीकृष्णले भक्तियोग, ज्ञानयोग र कर्मयोगको महत्त्वबारे मार्गदर्शन गरेका थिए।

जन्माष्टमीका दिन भक्तजनले व्रत बस्ने, मध्यरातमा श्रीकृष्णको जन्मोत्सव मनाउने, मन्दिरमा पूजा–अर्चना तथा आरती गर्ने र भजन–कीर्तन गर्ने परम्परा छ। देशभरका विभिन्न कृष्ण मन्दिरमा विशेष पूजा, आरती, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्।

पाटनको कृष्ण मन्दिरमा दर्शनका लागि आउने भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापन गरिएको छ।

 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ९ : ५२ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण