एक सातादेखि च्यामको फोरजी टावर ठप्प « Khabarhub

एक सातादेखि च्यामको फोरजी टावर ठप्प


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।

टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताए । 

उनका अनुसार टावर एक सातादेखि बिग्रिएको छ, जसबाट बिरामी तथा आपत्कालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न  समस्या भइरहेको छ । स्थानीयले यथाशीघ्र टावर मर्मत गरी सेवा सुचारु गर्न माग गरिरहेका छन् ।

त्यस टावरले जिल्लाको अदानचुली र मुगुको सोरु गाउँपालिका आसपासको क्षेत्रमा सञ्चार सम्पर्क गराउन योगदान दिँदै आएको छ । नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराका अनुसार पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलारमा चार्ज हुन नसकेपछि टावर सञ्चालनमा समस्या आएको हो ।

उनले केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे हेर्न लगाइएको र सोलारमा भएको पावर नउठेकै कारण टावर नचलेको जानकारी आएको बताए ।

सूचना अधिकारी बोहोराका अनुसार सोलारमा कम्तीमा ४८ घण्टासम्म राम्रोसँग चार्ज भए टावर आफैँ सञ्चालनमा आउनेछ । जिल्ला सदरमुकाम सिमकोटमा समेत सोलारमा आवश्यक पावर नहुँदा दैनिक छदेखि आठ घण्टासम्म सेवा अवरुद्ध हुने गरेको बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १ : ३३ बजे

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एक शव फेला

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी