बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि पञ्चदेवल विनायकले ३२ लाखभन्दा बढी सहयोग गर्ने « Khabarhub

बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि पञ्चदेवल विनायकले ३२ लाखभन्दा बढी सहयोग गर्ने


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

अछाम- रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति पञ्चदेवल विनायक नगरपालिकाले राहत तथा पुनर्स्थापनाका लागि ३२ लाखभन्दा बढी रकम सहयोग गर्ने भएको छ।

नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार जनप्रतिनिधिको सेवा सुविधाबापत १ लाख २९ हजार २३३ रुपैयाँ, कर्मचारीको तलबबाट ७ लाख ६ हजार ४१२ रुपैयाँ, शिक्षक तथा विद्यालय कर्मचारीबाट २२ लाख १२ हजार २ रुपैयाँ र प्रकोप व्यवस्थापन कोषबाट २ लाख ८५ हजार ६८६ रुपैयाँ उपलब्ध गराइनेछ।

नगरपालिकाले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नगरपालिकाले राष्ट्रिय विपत्तिको यस दुःखद् घडीमा क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माण, घाइतेको उद्धार तथा उपचार र प्रभावितको पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ४ : १४ बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६