यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर « Khabarhub

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन सोमबार ठूलो गिरावटबाट सुरुवात भएपनि बाँकी तीन दिन भने निरन्तर उकालो लाग्यो । तथ्याङ्क अनुसार साताको पहिलो दिन सोमबार नेप्से ४३.८९ अंकले घटेर २,५१३.४२ विन्दुमा ओर्लिएको थियो ।

यद्यपि, मंगलबार ९.२४ अंक, बुधबार १५.४४ अंक, र बिहीबार ४.६६ अंकको क्रमिक सुधार भएपछि सोमबारको बन्द विन्दुको तुलनामा यो साता बजारमा कुल २९.३५ अंक अर्थात् १.१७ प्रतिशतको वृद्धि देखिएको छ । तर, अघिल्लो साताको अन्तिम बन्द विन्दु (२,५५७.३१) को तुलनामा भने यो साता समग्र बजार १४.५४ अंकले घटेर बन्द भयो ।

यस साता नेप्सेमा कुल १२ अर्ब ८१ करोड ७८ लाख २८ हजार ६ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल २ करोड ८५ लाख ८ हजार ४ सय ७ कित्ता सेयर खरिदबिक्री मार्फत १ लाख ९३ हजार ८ सय ५१ वटा कारोबार सम्पन्न भएका छन् ।

लामो समयदेखि ओरालो प्रवृत्ति बोकेको नेप्सेमा यो साता भोटेकोशीमा आएको बाढीको नकारात्मक असर पर्दा यो साता पनि उकालो लाग्ने संकेत देखाउन सकेन ।

बीमा र जलविद्युत क्षेत्रमा ठूलो गिरावट

भदौ १० गते भोटेकोशीमा आएको बाढीले सरकारी र गैरसरकारी दर्जन जलविद्युत आयोजनालाई पूर्णरूपमा क्षतिग्रस्त बनायो । जसको असर नेप्सेमा पनि देखियो । सोही असरका कारण यो साता सूचीकृत बीमा र जलविद्युत कम्पनी समूहको उपसूचकमा ठूलो गिरावट आयो ।

जीवन बीमा उप–सूचक अघिल्लो साताको तुलनामा १०३.७९ अंकले घटेर ११,१८१.२४ विन्दुमा बन्द भएको छ । सोमबार यस समूहमा २२२.३१ अंकको ठूलो गिरावट आएको थियो, तर त्यसपछिका ३ दिनको कारोबारमा भने केही सुधार भयो । यस समूहमा साताभर २५ करोड ७ लाख ७६ हजार ६ सय ४९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी, यो साता निर्जीवन बीमा उप–सूचक मा झनै ठूलो गिरावट देखियो । यो सूचक अघिल्लो साताको तुलनामा ४४३.०७ अंक अर्थात् ४.५५ प्रतिशतको गिरावट व्यहोर्दै ९,२९०.७० विन्दुमा सीमित भयो । साताको पहिलो दिन नै यस समूहमा ४९०.०६ अंकको विशाल पहिरो गएको थियो । साताभर यस उप–सूचकमा ३० करोड १६ लाख १४ हजार २ सय ६७ रुपैयाँको कारोबार भएको छ ।

अर्कोतर्फ, लगानीकर्ताको उच्च आकर्षण रहने गरेको जलविद्युत (हाइड्रोपावर) उप–सूचक अघिल्लो साताको तुलनामा ४४.६२ अंक १.२६ प्रतिशतले ओरालो लागेर ३,४९६.८७ विन्दुमा बन्द भयो । यद्यपि, हाइड्रोपावर समूहको कारोबार रकम भने बजारमै सबैभन्दा बढी ६ अर्ब २ करोड ९८ लाख ६ हजार ८ सय २० रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंक समूह सामान्य वृद्धि हुँदा विकास बैंक, फाइनान्स र लघुवित्त दबाबमा

साताभर वित्तीय क्षेत्रका उप–सूचकहरूमा मिश्रित प्रभाव देखिएको छ । बैंकिङ अर्थात् वाणिज्य बैंक उप–सूचक अघिल्लो साताको तुलनामा सकारात्मक बन्द भएको छ । बैंकिङ क्षेत्र अघिल्लो साताको अन्तिम बन्द विन्दु १,४२८.५२ बाट सोमबार १४.४० अंकले घटेर १,४१४.१२ मा सीमित भएको थियो ।

तर, बाँकी तीन दिन निरन्तर सुधार हुँदै अन्ततः बिहीबार १,४३०.६५ विन्दुमा बन्द भएको छ, जुन साताभरमा २.१३ अंक अर्थात् ०.१५ प्रतिशतले वृद्धि भयो । यस उप–सूचक अन्तर्गत कुल १ अर्ब २४ करोड २६ लाख ४७ हजार ५८ रुपैयाँको सेयर कारोबार भएको छ ।

अर्कोतर्फ, विकास बैंक उप–सूचक अघिल्लो साताको ५,४३८.३६ को तुलनामा यस साता ३.६४ अंक ०.०७ प्रतिशतले घटेर ५,४३४.७२ विन्दुमा बन्द भएको छ । विकास बैंकतर्फ साताभर कुल ५ करोड ८८ लाख ८८ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको देखिन्छ ।

यसैगरी, वित्त (फाइनान्स) उप–सूचक यो साता १३.७० अंक अर्थात ०.६० प्रतिशतले गिरावट हुँदै २,२५५.०२ विन्दुमा बन्द भयो । फाइनान्स क्षेत्रको कुल साप्ताहिक कारोबार रकम ३७ करोड ११ लाख ५४ हजार ६ सय ९४ रुपैयाँ पुगेको छ ।

त्यस्तै, लघुवित्त उप–सूचक पनि अघिल्लो साताको ४,४१८.०१ विन्दुको तुलनामा यो साता १६.१८ अंक ०.३७ प्रतिशतले ले घटेर ४,४०१.८३ विन्दुमा बन्द भएको छ । लघुवित्त उप–समूहमा साताभर ४२ करोड ३६ लाख ५८ हजार ३ सय ९० रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानी, उत्पादन तथा व्यापार समूहमा हरियाली, होटल क्षेत्र दबाबमा

यो साता केही क्षेत्रहरूले बजारलाई बलियो टेवा दिएका छन् । उत्पादन तथा प्रशोधन उप–सूचक अघिल्लो साताको तुलनामा ६७.१३ अंक अर्थात् ०.६४ प्रतिशतले सुधार भई १०,४७९.१५ विन्दुमा पुगेको छ । उत्पादन समूहमा साताभर २ अर्ब ५९ करोड ५४ लाख ५५ हजार २ सय ४१ रुपैयाँको बलियो कारोबार भएको छ ।

यसैगरी, लगानी उप–सूचक पनि यो साता १.०५ अंक अर्थात् १.१२ प्रतिशतको वृद्धि हासिल गर्दै ९४.९९ विन्दुमा पुगेर बन्द भएको छ । लगानी समूहको कुल साप्ताहिक कारोबार रकम ४६ करोड ९१ लाख ४४ हजार २ सय ६७ रुपैयाँ रहेको देखिन्छ ।

सुधार हुने अर्को समूहमा व्यापार उप–सूचक रहेको छ, जुन यो साता २५.१२ अंक अर्थात् ०.७८ प्रतिशतले वृद्धि भएर ३,२४१.६७ विन्दुमा बन्द भयो । यस उप–सूचकमा साताभर १ करोड ७१ लाख ६४ हजार ८ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसको विपरित होटल तथा पर्यटन उप–सूचक अघिल्लो साताको तुलनामा १००.६० अंक अर्थात् १.४० प्रतिशतले ओरालो लागेर ७,०६३.५५ विन्दुमा बन्द भएको छ । होटल समूहको साप्ताहिक कारोबार भने २६ करोड ४२ लाख ६६ हजार ७ सय ३८ रुपैयाँ पुगेको छ ।

यस्तो रह्यो अन्य उप–समूह र सामूहिक लगानी कोषको अवस्था

अन्य (अदर्स) उप–सूचक यो साता ४३.२१ अंक अर्थात् २.३५ प्रतिशतको गिरावटसँगै १,७९५.०१ विन्दुमा बन्द भयो । अन्य समूहको साताभर कुल कारोबार २९ करोड ३२ लाख ५० हजार ९ सय ८३ रुपैयाँ पुगेको छ ।

यस्तै, सामूहिक लगानी कोष (म्युचुअल फन्ड) उप–सूचक पनि अघिल्लो साताको तुलनामा ०.१३ अंक अर्थात् ०.६६ प्रतिशतले घटेर १९.५५ विन्दुमा झरेको छ, जसको साप्ताहिक कुल कारोबार रकम ८ करोड २९ लाख ३७ हजार ९ सय ४९ रुपैयाँ रह्यो ।

यो साताको नेप्से परिसूचक पहिलो कारोबार दिनको ठूलो गिरावट पश्चात अन्य दिन सम्हालिन खोजेपनि तीव्र गति भने हासिल गर्न सकेन ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ५ : ४८ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको