राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू) « Khabarhub

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रबार अपरान्ह उनले मन्दिर दर्शन र पुजारीबाट फूल–प्रसाद ग्रहण गरे ।

ललितपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले राष्ट्रपति  पौडेललाई स्वागत गरेका थिए ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुख हरेक वर्ष कृष्ण मन्दिर पुगेर दर्शन गरी पूजाआजा गर्ने परम्परा छ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा बिहानैदेखि प्रसिद्ध कृष्ण मन्दिरमा पूजा–अर्चना तथा दर्शन गर्न भक्तजनको घुइँचो रह्यो ।

मन्दिर परिसरमा भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न भक्तजन दिनभर लामो लाइनमा बसेका थिए । भक्तजनहरू भजन–कीर्तन गर्दै तथा भगवान् श्रीकृष्णको नाम स्मरण गर्दै मन्दिर पुगेका थिए । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ५ : ४८ बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६