कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर) « Khabarhub

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको दिउँसो २ बजे औपचारिक उद्घाटन हुने कार्यक्रम छ।

कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतलाई निमन्त्रणा गरिएको छ ।

कांग्रेसले भारत, चीन, अमेरिका लगायतका मुलुकबाट समेत विदेशी पाहुनालाई निमन्त्रणा गरेको छ । सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य देशका पार्टीहरुको पनि प्रतिनिधि वा शुभकामना सन्देश आएको कांग्रेसले जनाएको छ ।

महाधिवेशनका लागि खुलामञ्चमा मुख्य मञ्चसँगै बन्दसत्र सञ्चालनका लागि तीनवटा हल तयार पारिएको छ। सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क तथा प्रतिनिधिको खानाका लागि भृकुटीमण्डपमा व्यवस्था गरिएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले जानकारी दिए ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पुर्‍याइएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ८ : ३७ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति