स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध « Khabarhub

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन् । 

कातालोनियामा बाढीसम्बन्धी आपत्कालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म प्रतिबन्ध लागू गरिएको छ। अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पनि स्थगित गरिएको छ।

मौसमविद्हरूले आइतबार बिहान मौसमको जोखिम उच्चतम तहमा पुग्न सक्ने चेतावनी दिएका छन्। केही क्षेत्रमा तीन घण्टामै ९० मिलिमिटरभन्दा बढी र २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा मोबाइल फोनमार्फत आपत्कालीन सूचना पठाइएको छ।

कातालोनियाका क्षेत्रीय राष्ट्रपति साल्भाडोर इयाले सर्वसाधारणलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेका छन्। अधिकारीहरूले भारी मेघगर्जनसहितको वर्षा, तीव्र हावा तथा पानीका बवण्डर वा टोर्नाडो आउन सक्ने चेतावनी दिएका छन्। आँधी आइतबार उत्तरतर्फ सर्ने अनुमान गरिएको छ।

यसैबीच, मध्य–पूर्वी स्पेनको अल्बासेते प्रान्तस्थित माद्रिगेरासमा आएको आकस्मिक बाढीमा १०२ वर्षीया एक महिलाको मृत्यु भएको छ। बाढीका कारण घर, सवारीसाधन तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ।

करिब दुई घण्टामा प्रति वर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको बाढीका कारण करिब ९० जनालाई सुरक्षित स्थानमा सारिएको थियो । प्रभावित स्वास्थ्य केन्द्रबाट सेवा सञ्चालन गर्न नसकिएपछि स्वास्थ्य सेवा अस्थायी रूपमा रेडक्रसको परिसरबाट सञ्चालन गरिएको छ । रासस
 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १२ : २७ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको