एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड « Khabarhub

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् । 

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा प्रचण्डले  वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको बताएका हुन् ।

प्रचण्डले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल समेत गरे । 

उनले सरकारका गलत नीति–निर्णयका विरुद्ध सदनमार्फत खण्डन–आलोचना गर्ने काम भइरहेको भन्दै बिस्तारै अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । सडकमा गएर खबरदारी नगरीकन अहिले देखा परेको प्रतिक्रान्तिको हावालाई रोक्न नसकिने उनको भनाइ छ ।

त्यस्तै प्रचण्डले  प्राविधिक र तयारी तीव्र नभएका कारण पहिले तय गरिएको मङ्सिर ११ गतेको महाधिवेशन सम्भव नदेखिएकाले यही हप्ता बस्ने केन्द्रीय बैठकबाट नयाँ कार्यतालिका तय गरिने बताए । 

उनले दुई महिने अभियानअन्तर्गत टोल–गाउँसम्म पुगेर काम गर्ने, सदस्यता नवीकरण र विस्तार गर्नेजस्ता महाधिवेशन तयारीका कामहरू सुरु भइसकेको जानकारी दिए । 
 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  २ : ४५ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा