कार्यकर्तालाई बीपीको आह्वान : कांग्रेसी जोगी जस्तो निष्काम बन्नुपर्छ « Khabarhub

कार्यकर्तालाई बीपीको आह्वान : कांग्रेसी जोगी जस्तो निष्काम बन्नुपर्छ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

प्रिय साथी ओमप्रसादजी,
देशको परिस्थितिका सम्बन्धमा मैले तपाईंलाई विशेष केही लेखिरहनु पर्दैन । नेपालको व्यवस्था अत्यन्त नाजुक छ । क्रान्तिपछि जुन शक्तिको उदय भएको थियो । त्यो शक्तिलाई कसैले अज्ञानताले, कसैले स्वार्थले दबाउने प्रयत्न गरी रहे जसले गर्दा देशले जुन उन्नति गर्नुपर्थ्यो , त्यो गर्न सकेन । अहिलेको जमानामा क्रान्तिपछि आएको विचार र सिद्धान्तको आधारमा मात्र देशले अगाडि पाइला चाल्न सक्छ । पुरानो दरबारिया स्वार्थको आधारमा उन्नति सम्भव छैन ।

नेपाली कांग्रेस क्रान्तिको प्रतीक र क्रान्तिपछि उदय भएको प्रजातान्त्रिक शक्तिको कमजोरी ! यो सत्यलाई हामी सबैले राम्ररी बुझ्नुपर्छ ।

सानोतिनो स्वार्थ पूर्तिको लागि हामी लाग्नथाल्यौँ भने यो सानोतिनो स्वार्थका आधारमा बनेका विभिन्न पार्टीहरुलाई हामीले स्थान दिन थाल्यौँ भने देशले उन्नति गर्न सक्दैन । चुनावको दिन पनि आउँदै छ ।

चुनाव प्रजातन्त्रको मुख्य ध्यान हो । यस समाजको राम्ररी प्रयोग जनताले गर्नुपर्छ । नत्र भने नेपालको भविष्य धमिलिने डर हुन्छ । यस सत्यलाई राम्ररी बुझेर चुनावको तयारी गर्नुपर्छ । चुनावमा स्वार्थी व्यक्तिहरुलाई मौका दिनु हुँदैन । कति कांग्रेसीको मुखबाट यो चिन्ताजनक कुरा सुनिन्छ कि यदि चुनावमा कांग्रेसले भाग लिने अनुमति दिएन भने स्वतन्त्र भएर लड्छौँ ।

यदि कांग्रेसलाई एउटा व्यक्तिगत स्वार्थ साधनको निम्ति बनाउन कोही लाग्दछ भने हामीले त्यसलाई कांग्रेसबाट टाढै राख्नुपर्छ । हामी सबैले निस्वार्थी सेवा ब्रत लिनुपर्छ । गेरुवा रंगको लुगा नलगाएर पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारणा गर्नुपर्छ ।

कुनै ठूलो पदमा पुगिन्छ भने पनि हामीमा अभिमान नभएर सेवा भाव हुनुपर्छ । यदि साधारण अवस्थामा रहनुपरेमा पनि दुःखी भएर उही सेवाभाव मनमा रहनुपर्छ । यति कुरा गर्न सक्यौं भने देशलाई हामीले माथि लैजान सक्छौँ । अरु के लेखौँ । साथीहरुलाई मैले प्रष्ट लेखेको यस कुरालाई सबै साथीहरुलाई पनि सुनाइदिनुहोला ।
– साथी विश्वेश्वरप्रसाद कोइराला
(बागलुङ्गका ओमप्रसाद थकालीलाई २०१३ साल पुस, १० गते बीपीले लेखेको पत्र । यो पत्र ‘विश्वेश्वरप्रसाद कोइराला– राजनीतिक अभिलेख’ पुस्तकको परिशिष्ट – ६ बाट लिइएको हो ।)

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ४२ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका