संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड « Khabarhub

संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार काठमाडौंको खुल्लामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै भट्टराईले संविधानका मूल खम्बाहरू-गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र-मध्ये कुनै एक खम्बा ढलेमा सिङ्गो व्यवस्था नै खतरामा पर्ने चेतावनी दिँदै संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड दिए ।

वर्तमान संविधान दशौँ हजार नागरिकको बलिदानबाट बनेकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाइ छ । उनले  देशमा ५ वर्षसम्म चल्ने स्थिर सरकार निर्माणका लागि संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका को ढाँचामा जान सुझाव दिए।

भट्टराईले  विस्तृत शान्ति सम्झौता भएको २० वर्ष बित्न लाग्दा पनि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका कामहरू टुंगोमा नपुगेकोमा चिन्ता व्यक्त गरे ।

उनले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे । भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा पनि जोड दिए । 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ५८ बजे

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल