७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य « Khabarhub

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५ वर्ष पुरानो ऐतिहासिक दस्तावेज सार्वजनिक हुँदा प्रतिनिधि तथा कार्यकर्ता भावुक बने। वि.सं. २००८ साल मङ्सिर २६ गते जारी गरिएको कांग्रेसको प्रारम्भिक सदस्यता प्रमाणपत्रसहित उपस्थित पुराना नेता मथुराप्रसाद श्रेष्ठलाई महाधिवेशनका क्रममा सभापति गगनकुमार थापाले विशेष सम्मान गरेका छन्।

गुल्मीको तम्घास साहु टोल स्थायी ठेगाना भएका तत्कालीन १८ वर्षीय मथुराप्रसाद (पिता: इन्द्रलाल) ले वार्षिक १ रुपियाँ वा १ रुपियाँ २५ पैसा चन्दा बुझाएर कांग्रेसको प्रारम्भिक सदस्यता लिएका थिए।

प्रमाणपत्र संख्या २८३१७ रहेको उक्त ऐतिहासिक दस्तावेजमा गुल्मीको तम्घासका ९४ वर्षीय श्रेष्ठले २००७ चैत २६ गते १८ वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालाको हातबाट सदस्यता लिएका थिए ।  

उक्त सदस्यतामा कोइरालाको सभापतिका रूपमा र नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक महामन्त्री महेन्द्रविक्रम शाहको हस्ताक्षर रहेको छ। त्यो समयमा महामन्त्रीलाई प्रधानमन्त्री भन्ने गरेको कुरा प्रारम्भिक सदस्यतामा उल्लेख छ ।

महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाले इतिहासको उक्त अमूल्य दस्तावेज र निष्ठावान् अग्रजको योगदानको कदर गर्दै उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : २१ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा