गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड « Khabarhub

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारिता र अराजकता बढाएको बताएका छन् । 

आइतबार काठमाडौंमा कांग्रेसका महाधिवेशनलाई शुभकामना दिँदै प्रचण्डले सरकारकै कारण लोकतन्त्र र संविधानमाथि खतरा देखिएको समेत बताए । 

उनले सरकारका गतिविधि र अभिव्यक्तिले संविधान तथा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा पैदा गरेको उल्लेख गरे । प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्ने र नेपाललाई विश्वमा शान्ति र लोकतन्त्रको नयाँ इतिहास रच्ने देश बनाउने जिम्मेवारी काङ्ग्रेस र गगन थापाको नेतृत्वले पूरा गर्ने विश्वास व्यक्त गरे ।

उनले शान्ति सम्झौतामार्फत महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र थारुहरूले प्राप्त गरेको पहिचान र अधिकारलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

विगतमा आफूले शान्ति, संविधान र गणतन्त्रका लागि धेरै ’क्रम भङ्ग’ गरेको स्मरण गर्दै उनले अब गगन थापा र रवि लामिछाने लगायतका नयाँ नेताहरूले ’क्रम भङ्ग’ गर्दै देश निर्माणमा अगाडि बढ्नुपर्ने बताए ।

उनले सबै दलहरूबीचको समझदारीबाट मात्र समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माण सम्भव हुने बताए । साथै उनले पार्टीभित्र बाँकी रहेका अन्य नेताहरूलाई पनि एकीकृत र केन्द्रीकृत गरी विशाल शक्ति निर्माण गर्न नयाँ नेतृत्वलाई शुभकामना दिए  । 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ५४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४