२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा « Khabarhub

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

शीर्ष नेता कसले के भने खानैमा खुसुक्क ?


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति र आलोचना सुन्न मुलुकलाई खुलामञ्चको आवश्यकता रहेको बताउँदै ‘डेमोक्रेसी’ (लोकतन्त्र) र ‘डेलिभरी’ (नतिजा) लाई जोड्ने पुलको काम कांग्रेसले गर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई काठमाडौँको खुलामञ्चमा आइतबार सम्बोधन गर्दै सभापति थापाले खुलामञ्च राजनीतिक आन्दोलनको ऐतिहासिक थलो भएको र यसले फरक मतहरूलाई एकै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिने उल्लेख गरे। बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले यहीँबाट राजनीतिक यात्रा अघि बढाएको स्मरण गर्दै उनले नेतृत्वलाई प्रश्न गर्ने अधिकार पार्टीभित्रै संस्थागत हुनुपर्नेमा जोड दिए।

सत्ता र नेतृत्वमा एउटै अनुहार दोहोरिरहने ‘म्युजिकल चियर’ प्रवृत्तिका कारण राजनीतिप्रति जनतामा तीव्र अविश्वास बढेको र त्यसकै परिणति गत भदौ २३ र २४ गतेका घटना घटेको उनको भनाइ थियो।

विशेष महाधिवेशनपछिको चुनावमा कांग्रेस अनुकूल परिणाम नआएको स्वीकार गर्दै थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीहरूको निर्मम समीक्षा गर्ने अवसरका रूपमा व्याख्या गरे। “विशेष महाधिवेशनपछि चुनावमा गयौँ, तर परिणाम हाम्रो पक्षमा आएन। अब नयाँ महाधिवेशनमार्फत नेतृत्व, व्यवहार र कार्यशैली बदलेर नयाँ यात्रामा होमिएका छौँ,” उनले भने।

माहाधिवेशन उद्घाटन समारोहमा सहभागी पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेललगायत शीर्ष नेताले गरेका खानेखुशीका तस्बिर भने सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ८ : ०८ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति