गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ « Khabarhub

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै टिप्पणी गरेका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौँको खुलामञ्चमा उद्घाटन भएको हो । उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापाले संसद् खुला हुनुपर्ने धारणा राखेका थिए ।

थापाले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए। उनले संसद् सञ्चालनका लागि प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने धारणा राखेका थिए।

थापाको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले महाधिवेशन उद्घाटन भइरहेकै दिन सामाजिक सञ्जालमार्फत यस्तो व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

शाहको टिप्पणीमा कांग्रेसलाई ‘नयाँ पार्टी’ भन्दै महाधिवेशनका क्रममा आफूविरुद्ध आलोचना गर्न खुलामञ्च प्रयोग गरिएकोप्रति कटाक्ष गरिएको देखिन्छ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सभापति थापासहित पार्टीका शीर्ष नेताहरू तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका थिए। महाधिवेशनमा विभिन्न राजनीतिक विषयमा नेताहरूले आफ्ना धारणा राखिरहेका बेला प्रधानमन्त्री शाहको उक्त टिप्पणी सार्वजनिक भएको हो।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।

नेताहरूले मञ्चबाट व्यक्त गरेका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्। खुलामञ्चको संरक्षण तथा सौन्दर्यीकरणमा काठमाडौँ महानगरपालिकाले गरेको कामलाई जोड्दै शाहले राजनीतिक दलहरूप्रति सांकेतिक रूपमा सो कटाक्ष गरेका हुन्।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ९ : २६ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ