काठमाडौँ – नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता बुधबार काठमाडौँमा सम्पन्न भएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको सुहृद निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र राईबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको हो।
वार्ताका क्रममा नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयामसहित उच्चस्तरीय भ्रमणको आदानप्रदान, कनेक्टिभिटी, व्यापार, विकास सहयोग, ऊर्जा तथा जनस्तरको सम्बन्धबारे गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै पक्षले दुई देशबीच रहेको बलियो सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।























प्रतिक्रिया