टोखामा पशु वधशाला तथा मासु जाँच ऐन-२०५५ कार्यान्वयन « Khabarhub

टोखामा पशु वधशाला तथा मासु जाँच ऐन-२०५५ कार्यान्वयन


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ लाई कार्यान्वयनमा ल्याउने भएको छ ।

नगरपालिकाले आज एक सूचना जारी गरी आगामी मङ्सिर १ गतेदेखि ऐन तथा सोसँग सम्बन्धित नियमावली कार्यान्वयनमा ल्याउने बताएको हो । नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका मासु व्यवसायीलाई आवश्यक मापदण्ड  पालना गर्न आग्रह गरेको छ ।
 
मासुको स्वच्छता तथा गुणस्तर कायम गरी उपभोक्तालाई स्वस्थ र सफा मासु उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आठ जना मासु निरीक्षकसमेत तोकेको छ ।

उक्त ऐन कार्यान्वयनमा ल्याउन लागेसँगै पालिकाले पशु पन्छीको वध गर्नुअघि तोकिएका मासु निरीक्षकमार्फत स्वास्थ्य परीक्षण गराउनुपर्ने, वधपश्चात् मासुको अनिवार्य निरीक्षण गराईयोग्य ठहर भई आधिकारिक छाप लगाइएको मासु मात्र बिक्री वितरण गर्नुपर्ने बताएको छ ।

मासु निरीक्षकसँग आवश्यक समन्वय तथा सम्पर्क गर्नुपर्ने, प्रचलित ऐन तथा नियमावलीबमोजिम आवश्यक अनुमति र इजाजतपत्र लिएर मात्र मासु व्यवसाय सञ्चालन गर्नुपर्ने, मासु पसलमा स्वच्छता, सरसफाइ तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताइएको छ ।

यसैगरी, रोगी पशुको मासु तथा निरीक्षण नभएको वा छाप नलगाइएको मासु बिक्री वितरण गर्न नपाइने सो नगरपालिकाले जनाएको छ । मासु निरीक्षकबाट हुने अनुगमन तथा निरीक्षण कार्यमा आवश्यक सहयोग गर्नुपर्ने बताइएको छ ।

नगरपालिकाले मासु निरीक्षकका रूपमा डा. गौरीमान श्रेष्ठ, डा. बिदुर पिया, डा. जस्मिन अधिकारी, डा. शिरणकृष्ण तिवारी, डा. सुरेन्द्र खनाल, डा. अभिमन्य श्रेष्ठ, डा. दिव्यगुरु श्रेष्ठ र डा. सुलभ ढकाललाई तोकेको छ ।

पालिकाले उल्लेखित कानुनी व्यवस्था उल्लङ्घन गरेको पाइएमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएको छ ।

नगरपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु बिक्री वितरणको व्यवस्था मिलाउन सबै मासु व्यवसायीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ४ : २६ बजे

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ।

नयाँ आइजिपी छानिएपछि गृह मन्त्रालयमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिने

वायुयान र पार्टपुर्जाको आयात–निर्यात अब अनलाइनबाटै

काठमाडौँ  – वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यातका लागि आवश्यक सिफारिस

छ बुँदामा हेर्नुहोस् डा. केसीका माग कार्यान्वयनको अवस्था के छ ? 

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द

यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु, १४ जना बेपत्ता

काठमाडौँ–  यस वर्षको मनसुन अवधिमा देशभर भएका विपद्जन्य घटनामा परी १३३