तिहारका लागि एक हजार ५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए « Khabarhub

तिहारका लागि एक हजार ५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका छन् । उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । 

यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरूले खरिद गरी बेँसी झारिएको बताएका छन् । 
    
कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार तिहार पर्वलाई लक्षित गरी व्यापारीले मुस्ताङबाट च्याङ्ग्रा एक हजार ३८५ र भेडा २०६ वटा  बेँसी झारेका हुन् ।
     
मुस्ताङका च्याङ्ग्रा पालक तथा व्यापारीहरुबाट च्याङ्ग्रा एक हजार १५० र भेडा १३६ तिहारका लागि बेँसी झारिएको हो । यसैगरी उपल्लो डोल्पाबाट मुस्ताङ ल्याइएका च्याङ्ग्रा २३५ र भेड ७० वटा गरी तीन तीन सय भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले जानकारी दिए ।
 
तिहारका लागि उपल्लो मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा काठमाडौँ, पोखरा, बागलुङ र म्याग्दीबाट आएका व्यापारीले खरिद गरी बिक्रीका लागि बजार झारेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले बताए।
     
मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा  एक जिल्लाबाट अर्को जिल्लामा लैजान सम्बन्धित पशु चिकित्सकबाट निरोगिता भएको पुष्टि हुनुपर्छ । 

कार्यालय प्रमुख डा अर्यालले तिहारका लागि बेँसी झारिएका भेडाच्याङ्ग्राको भेटेनरी परीक्षण गरेको उल्लेख गरे। यसअघि दसैँ पर्वलाई लक्षित गरी मुस्ताङबाट करिब १५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरिएका थिए । जसमध्ये ५०० बढी भेडाच्याङ्ग्रा तिब्बतबाट खरिद गरी कोरला नाका हुँदै नेपाल भित्र्याइएको थियो । 

यसवर्षको दसैँमा कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट पैदल खेदाएर जोमसोम ल्याइएको थियो । कार्यालय प्रमुख डा अर्यालले दसैँ पर्वभन्दा तिहारका लागि १० प्रतिशत मात्रै भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेको जानकारी दिए । 

दसैँका लागि जिल्ला बाहिर र जिल्लाभित्रका स्थानीय व्यापारीले बिक्रीका लागि पोखरा काठमाडौँ पुर्‍याइएकोमा तिहारका लागि भने जोमसोम झरेका भेडाच्याङ्ग्रा जिल्ला बाहिरबाट आएका व्यापारीले पोखरा-काठमाडौँतर्फ लगेको प्रमुख डा अर्यालको भनाइ छ ।

यस वर्ष दसै पर्व लक्षित गरी बजार झारिएका भेडाच्याङ्ग्राबाट व्यापारीले राम्रो फाइदा कमाएका छन् । मुस्ताङबाट कम च्याङ्ग्रा झरेको र दसैँमा हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्काइएको भेडाच्याङ्ग्राको मासु खाने संस्कृति चलेकाले दशैमा भेडाच्याङ्ग्रा व्यापार फस्टाएको हो ।
     
मुस्ताङका कृषकले पुर्ख्यौली व्यवसायका रुपमा भेडाच्याङ्ग्रा र याकचौरी पालन व्यावसायिक रुपमा पछ्याउँदै आइरहेका छन् । हिमाली क्षेत्रमा पशुपालक व्यवसाय प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय निकायबाट विभिन्न शीर्षकमा अनुदान कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालन गर्नेको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो । 

तीन तहका सरकारबाट पशु बिमा, गोठ सुधार, आहार व्यवस्थापनलगायतमा अनुदान सहुलियतको ब्यवस्था गर्न थालेपछि पशुपालनतर्फ कृषकको आकर्षण बढ्दो रहेको कार्यालय प्रमुख डा अर्यालले बताए। 

 उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा पालन गरिएको भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने गर्छ । उच्चलेकका  खर्क, पाटन र बुकीमा भेडाच्याङ्ग्राले यार्सागुम्बा, निरमसी, जटामसी, पाँचऔले, वनलसुन र जिम्बुलगायतका वन्य जटीबुटी सेवन गर्ने भएकाले  भेडाच्याङ्ग्राको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक मानिने गर्छ ।
     
मुस्ताङको घरपझोङ, वारागुङ, लोघेकर र लोमान्थाङ गाउँपालिकाका कृषकले व्यावसायिक रुपमा भेडाच्याङ्ग्रा पालन गर्दैआइरहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा अनाधिकृत घाँस पलाउने, पानीका मुहान सुक्दै जाने र हिमचितुवालगायतका वन्यजन्तुको जोखिमका कारण पशुपालन व्यवसाय चुनौती बन्दै गएको छ । 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ४ : ४७ बजे

जयराम-हलेसी सडक : कालोपत्र उप्किएको १६ वर्षपछि मर्मत 

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको

महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूलको काम

जलविरे झरनामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाको खोलामा कार खस्दा

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ।

नयाँ आईजीपी छानिएपछि गृह मन्त्रालयमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिने