आज २०८२ साल पुस २० गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २० गते आइतबारको राशिफल


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस २० गते आइतबार तदनुसार सन् २०२६ जनवरी ४ तारिख ।  माघ कृष्ण पक्षको प्रतिपदा तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर पाउने दिन छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले  प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा खटपटी बढ्नेछ ।

वृष : दिन सामान्य छ । तपाईंको बोलीले अप्ठेरो पार्ने अवस्था छ । शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ । आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ ।

मिथुन : दिन राम्रो छ । शान्त भएर बस्नु उचित हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दैनिकी धेरै राम्रो छ । दैनिक काम सहज बन्नेछन्। स्वास्थ्यमा सुधार हुने छ । रोगबाट मुक्ति मिल्दा मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

सिंह : धनको पछाडि लाग्दा इज्जतमा दाग लाग्नेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

कन्या : दिन सामान्य छ । लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ । परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा भने सुधार हुनेछ ।

तुला : दिन राम्रो छ ।  उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ  । साथीभाइले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा मिमिनेतको फल प्राप्त हुनेछ । व्यापारमा उन्नति होला ।

वृश्चिक : शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो देखिन्छ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।

धनु : गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ ।  धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरुवात गर्नु उचित हुनेछ । बौद्धिक व्यक्तिसँगको सहकार्यमा फाइदा होला ।

मकर : दिन राम्रो छ । सामाजिक क्षेत्रमा साथ प्राप्त हुनेछ । खर्च बढ्ने जोखिम छ । इज्जतका लागि धन खर्च नगर्नु राम्रो हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन राम्रो छ । व्यापारमा उन्नति हुने योग छ ।  हरेक काममा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

मीन : दैनिक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । जटिल ठानेका काम सहजै बन्नेछन् । सुरुवाती साढेसाती भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो छ । काम गर्नु अगाडि परिवारको सल्लाह लिनु उचित हुन्छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : १५ बजे

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र