भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो « Khabarhub

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍याएको छ । बिबिसीका अनुसार काराकसमा आक्रमणपछि पक्राउ परेका मधुरोलाई न्युरोर्क पुर्‍याएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

बिबिसीका अनुसार पक्राउ परेका मदुरो न्युयोर्क पुर्‍याइएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर सार्वजनिक गर्दै मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गरेका थिए ।

ट्रम्पले यसअघि एक अन्तर्वार्तामा पनि यही जहाजमार्फत मादुरोलाई अमेरिका ल्याइँदै गरेको बताएका थिए।

अमेरिकाले शनिबार बिहानै राजधानी काराकाससहित विभिन्न स्थानमा आक्रमण गरेयता उनी बेपत्ता थिए । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको दाबी गरेको थियो ।

राष्ट्रपति मादुरो पछिल्लो पटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरूसँगको भेटघाटका क्रममा सार्वजनिक भएका थिए । यसैबीच, भेनेजुएलाका अधिकारीहरूले वाशिङ्गटनको आक्रमणमा मृत्यु भएका र घाइते भएका सेना र सर्वसाधारणको तथ्याङ्क संकलन भइरहेको जनाएका छन् ।

एएफपीका पत्रकारहरूले राजधानी काराकासमा सुरुमा विस्फोटनको आवाज सुनिएको र राजधानी काराकास र वरपरका क्षेत्रमा ‘आतङ्क मच्चिएको’ बताएका छन् । देशका अन्य शहरहरूमा पनि थप विस्फोटहरू भएका बताइएको छ ।

राजधानीका आकासमा करिब एक घण्टासम्म विमानको आवाज सुनिएको र उक्त अवधिभर व्यापक हवाई आक्रमणहरू भएको र ठूला ठूला विस्फोटका आवाज सुनिएको थियो ।

आक्रमणबाट भेनेजुएलाको राजधानीका कैयौँ क्षेत्र बिजुलीविहीन भएका छन् । अमेरिकी आक्रमणबाट संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै भेनेजुएलाले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ४६ बजे

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड