प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित « Khabarhub

प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा बोर्नमाउथलाई हराउँदै आर्सनल शीर्ष स्थानमा कायम छ । बोर्नमाउथविरुद्ध ३-२ को जितसँगे आर्सनलले शीर्ष स्थानमा आफूलाई दरिलो बनाएको छ ।

खेलमा सुरुवाती अग्रता लिएको बोर्नमाउथविरुद्ध आर्सनलले कमब्याक जित निकालेको हो । खेलको १० औं मिनेटमा बोर्नमाउथका लागि इभानिल्सले सुरुवाती गोल गरेका थिए । त्यसको ६ मिनेटपछि आर्सनल खेलमा फर्किएको थियो ।

खेलको १६ औं मिनेटमा गाब्रियलको गोलमा आर्सनलले बराबरी गरेको हो । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप गोल भए ।

खेलको ५४ र ७१ मिनेटमा आर्सनलका लागि डेक्लान राइसले दुई गोल गर्दै गर्दै ३-१ को अग्रता बनाए । बोर्नमाउथका लागि ७६ औं मिनेटमा जुनियर क्रुपीले गोल गर्दै खेल ३-२ मा टुंग्याएका हुन् ।

यो जितसँगै आर्सनलले २० खेलमा ४८ अंक जोडेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : १२ बजे

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ