भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी « Khabarhub

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय तहको सिफारिसमा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो ।

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माण गर्न १२ करोड ७० लाख रकम दिने निर्णय भएको पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर ओलीले जानकारी दिए ।

चालु आर्थिक वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ २१ विद्यालय र पाँच स्वास्थ्य भवन निर्माण गर्न बजेट उपलब्ध भएको उनले जानकारी दिए ।

सात स्थानीय तहमा भूकम्पबाट भत्किएका विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको थियो । बारेकोट गाउँपालिकामा बारेकोट–१ को हिमालयदेवी विद्यालय, वडा नम्बर ३ को जनप्रिय आधारभूत विद्यालय स्याला मुलसाम, वडा नम्बर ४ को हिमालय आधारभूत विद्यालय गोठगाउँ र वडा नम्बर ८ को विश्व आधारभूत विद्यालय सेपुखोला निर्माण गर्ने निर्णय भएको छ ।

त्यसैगरी, नलगाड नगरपालिका–१ को जन आदर्श प्राथमिक विद्यालय ज्ञानेचौर, वडा नम्बर ९ को जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोट र वडा नम्बर ४ को भानुभक्त माध्यमिक विद्यालय, भेरी नगरपालिका–२ को शङ्कर भवन माध्यमिक विद्यालय बाहुनथाना, वडा नम्बर १ को शिव माध्यमिक विद्यालय कालेगाउँ, छेडागाड नगरपालिका–१ को पिपलचौतारी आधारभूत विद्यालय, वडा नम्बर ८ को पशुपति आधारभूत विद्यालय रौतनगाउँ, वडा नम्बर ३ को सरस्वती आधारभूत विद्यालय चुवादेवली तथा कुशे गाउँपालिका–६ को जनविकास प्राथमिक विद्यालय घरङ्ग र वडा नम्बर ४ को धारापानी आधारभूत विद्यालय बनाउने निर्णय भएको छ ।

शिवालय गाउँपालिका–७ चन्द्रज्योति आधारभूत विद्यालय लयलकाडा, वडा नम्बर २ को इन्द्रज्योति आधारभूत विद्यालय, जुनिचाँदे गाउँपालिका–६ को मालटाकुरा प्राथमिक विद्यालय वडासेना, वडा नम्बर २ को महादेव प्राथमिक विद्यालय, वडा नम्बर ४ को जनशक्ति प्राथमिक विद्यालय, वडा नम्बर ११ को महेन्द्र माध्यमिक विद्यालय तथा वडा नम्बर ३ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्माण गरिने भएको छ । (रासस)

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ८ : ३७ बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती