भेनेजुएला: डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी « Khabarhub

भेनेजुएला: डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

अमेरिकाले सरकार चलाउने ट्रम्पको भनाइ


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी छन् ।

अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी हुन् ।

रोयटर्सका अनुसार त्यहाँको सर्वोच्च अदालतले प्रशासनिक कामलाई निरन्तरता दिनु आवश्यक भएको भन्दै उपराष्ट्रपतिले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने जनाएको थियो ।

शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रण लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले अब भेनेजुएलामा अमेरिकाले नै सरकार चलाउने बताएका छन्।

५७ वर्षीया डेल्सी अधिवक्ता हुन् । मादुरो सरकारकी विश्वास पात्र उनलाई अनुभवी राजनीतिज्ञको रुपमा चिन्छन्। उनीसँग सञ्चार, विदेशमन्त्रीको भएको अनुभव छ ।

सन् २०१८ मा उनी त्यहाँको उपराष्ट्रपति नियुक्त भएकी हुन् । एक वर्ष अगाडि मात्र उनलाई तेल मन्त्रालयको जिम्मेवारीसमेत दिइएको थियो । अमेरिकाले मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकी हस्तक्षेपको उनले कडा शब्दमा विरोध गरेकी छन्।

डेल्सी रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकूकी छोरी हुन् । उनका बुवा जर्ज एन्टोनियो रोड्रिगेज भेनेजुएलाका वामपन्थी गुरिल्ला लडाकू थिए। उनले बुवाको योगदानकै आधारमा राजनीतिमा होमिने अवसर पाएकी थिइन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : ५० बजे

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो