एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने « Khabarhub

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ७४६ औं बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले हाल कायम रहेको साधारण सेयरको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

यस अन्तर्गत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

उक्त हकप्रद सेयर जारी गर्नका लागि बैंकले नेपाल राष्ट्र बैंक समक्ष पूर्व स्वीकृतिको माग गर्दै पत्र पठाएको छ । राष्ट्र बैंकबाट सहमति प्राप्त भए पश्चात् सो प्रस्तावलाई बैंकको आगामी वार्षिक साधारण सभामा अन्तिम स्वीकृतिका लागि पेश गरिने बैंकका कम्पनी सचिव कमल खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ०० बजे

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र