अमेरिकी कदमबारे चीनको कडा प्रतिक्रिया, भन्यो : मादुरोलाई तुरुन्त रिहा गरियोस् « Khabarhub

अमेरिकी कदमबारे चीनको कडा प्रतिक्रिया, भन्यो : मादुरोलाई तुरुन्त रिहा गरियोस्


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले अमेरिकासँग भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ। दुवैजना अहिले अमेरिकी हिरासतमा छन्।

अमेरिकी सेनाले उनीहरूलाई भेनेजुएलाको राजधानी कराकासबाट कब्जा गरी अमेरिका लगेको बताइएको छ।

चिनियाँ विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति जस्तो पदमा रहेका व्यक्तिलाई यसरी आफ्नै देशबाट उठाएर लैजानु गलत भएको जनाएको छ।

यस विषयको समाधान संवादमार्फत हुनुपर्ने चीनको भनाइ छ। यसअघि पनि चीनले अमेरिकी कारबाहीप्रति कडा प्रतिक्रिया जनाइसकेको छ।

न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले पनि राष्ट्रपति मादुरोको गिरफ्तारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यसलाई ‘युद्धको कार्य’ भन्दै अन्तर्राष्ट्रिय र अमेरिकी कानुन दुवैको उल्लङ्घन भएको बताए।

अमेरिकी सैनिकहरूले २ जनवरीको रात भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएका थिए।

त्यसपछि उनीहरूलाई न्यूयोर्क ल्याई डिटेन्सन सेन्टरमा राखिएको छ। उनीहरूमाथि हतियार र लागूऔषधसँग सम्बन्धित मुद्दामा मुद्दा चलाइने बताइएको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ३० बजे

कोजाग्रत पूर्णिमासँगै दसैँको टीका थाप्ने क्रम अन्तिम चरणमा, उपत्यकामा चहलपहल बढ्यो

काठमाडौँ– आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं

ब्रेक्जिटपछि ईयूसँग सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित