काठमाडौं– शनिबार अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई सैन्य आक्रमण गर्दै कब्जामा लिएपछि त्यहाँ गम्भीर राजनीतिक संकट पैदा भएको छ ।
विश्वमा तेल उत्पादकमध्ये एउटा महत्वपूर्ण राष्ट्रको रूपमा रहेको भेनेजुयलामा अमेरिकी आक्रमणपछि कतिपय देशसँगको सम्बन्ध र व्यापारमा उतारचढाव आउने अनुमान गरिएको छ । तर, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भने सो देशसँगको सम्बन्ध न्यून अवस्थामा रहेको देखिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनामा भेनेजुयलाबाट नेपालमा जम्मा ३९ लाख २९ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको थियो भने नेपालबाट ३१ लाख ५९ हजार रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो ।
समीक्षा अवधिमा नेपालको ८ खर्ब ८२ अर्ब ६९ करोड बढीको वैदेशिक व्यापार भएकोमा भेनेजुयलासँगको व्यापार भने निकै नगन्य मात्रामा रहेको देखिन्छ । जसले गर्दा भेनेजुयलामा पैदा हुने राजनीतिक वा आर्थिक संकटको प्रत्यक्ष ठूलो असर नेपालमा नपर्ने अनुमान गर्न सकिन्छ ।













प्रतिक्रिया