भेनेजुयलामा पैदा भएको संकटबाट नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्ला ? « Khabarhub

भेनेजुयलामा पैदा भएको संकटबाट नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्ला ?


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई सैन्य आक्रमण गर्दै कब्जामा लिएपछि त्यहाँ गम्भीर राजनीतिक संकट पैदा भएको छ ।

विश्वमा तेल उत्पादकमध्ये एउटा महत्वपूर्ण राष्ट्रको रूपमा रहेको भेनेजुयलामा अमेरिकी आक्रमणपछि कतिपय देशसँगको सम्बन्ध र व्यापारमा उतारचढाव आउने अनुमान गरिएको छ । तर, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भने सो देशसँगको सम्बन्ध न्यून अवस्थामा रहेको देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनामा भेनेजुयलाबाट नेपालमा जम्मा ३९ लाख २९ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको थियो भने नेपालबाट ३१ लाख ५९ हजार रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालको ८ खर्ब ८२ अर्ब ६९ करोड बढीको वैदेशिक व्यापार भएकोमा भेनेजुयलासँगको व्यापार भने निकै नगन्य मात्रामा रहेको देखिन्छ । जसले गर्दा भेनेजुयलामा पैदा हुने राजनीतिक वा आर्थिक संकटको प्रत्यक्ष ठूलो असर नेपालमा नपर्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ४३ बजे

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक

काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा