भेनेजुयलामा पैदा भएको संकटबाट नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्ला ? « Khabarhub

भेनेजुयलामा पैदा भएको संकटबाट नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्ला ?


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई सैन्य आक्रमण गर्दै कब्जामा लिएपछि त्यहाँ गम्भीर राजनीतिक संकट पैदा भएको छ ।

विश्वमा तेल उत्पादकमध्ये एउटा महत्वपूर्ण राष्ट्रको रूपमा रहेको भेनेजुयलामा अमेरिकी आक्रमणपछि कतिपय देशसँगको सम्बन्ध र व्यापारमा उतारचढाव आउने अनुमान गरिएको छ । तर, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भने सो देशसँगको सम्बन्ध न्यून अवस्थामा रहेको देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनामा भेनेजुयलाबाट नेपालमा जम्मा ३९ लाख २९ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको थियो भने नेपालबाट ३१ लाख ५९ हजार रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालको ८ खर्ब ८२ अर्ब ६९ करोड बढीको वैदेशिक व्यापार भएकोमा भेनेजुयलासँगको व्यापार भने निकै नगन्य मात्रामा रहेको देखिन्छ । जसले गर्दा भेनेजुयलामा पैदा हुने राजनीतिक वा आर्थिक संकटको प्रत्यक्ष ठूलो असर नेपालमा नपर्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ४३ बजे

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र