ट्रम्पको पहिलो कार्यकालमै बनेको थियो मादुरो हटाउने योजना « Khabarhub

ट्रम्पको पहिलो कार्यकालमै बनेको थियो मादुरो हटाउने योजना


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमै भेनेजुएलका राष्ट्रपति निकोलस मादुरोलाई हटाउने योजना बनेको खुलेको छ।

अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ट्रम्पको पहिलो कार्यकालमै मादुरोलाई हटाउने योजना बनेको खुलासा गरेका हुन् ।

तर त्यसबेला कार्यान्वयन हुन नसकेको योजनालाई यस पटक ट्रम्पकै जोडबलमा सफल पारिएको उनले बताएका छन्।

बोल्टनका अनुसार ट्रम्पले त्यसबेलादेखि नै भेनेजुएलाको तेलप्रति निकै चासो राखिरहेका थिए। उनको टोलीले मादुरोलाई हटाउने विचारमा ट्रम्पलाई राजी त गरायो, तर लामो समयसम्म त्यसमा ध्यान केन्द्रित गराइराख्न सकेन।

त्यसबेला भेनेजुएलाको विपक्षी पक्षले आर्थिक दबाबमार्फत् मात्रै मादुरो सरकार कमजोर बनाउन सकिने विश्वास राखेको पनि उनले बताए।

बोल्टनका अनुसार ट्रम्पको दोस्रो कार्यकालमा विदेशमन्त्री तथा कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले ट्रम्पलाई यसबारे ठोस कारबाहीका लागि मनाउन सफल भए।

भेनेजुएलामाथिको आक्रमण इराकभन्दा फरक : अमेरिकी रक्षामन्त्री

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले भेनेजुएलामाथिको आक्रमण इराकमाथिको आक्रमणभन्दा बिल्कुल फरक भएको बताएका छन्।

सीबीएस न्युजसँग कुरा गर्दै उनले भने, ‘अमेरिकाले इराकमा दशकौँ समय, पैसा र रगत खर्च गर्‍यो, तर बदलामा केही पाएन। यसपटक ट्रम्पले कथा उल्ट्याएका छन्।’

उनका अनुसार भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकालाई त्यहाँका स्रोतहरूमा पहुँच मिल्नेछ। यसले अमेरिकी सैनिकको रगत नबगाई संशाधन प्रयोग गर्न मद्दत गर्ने उनको दाबी छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ४१ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य