राष्ट्रपति मादुरोलाई अमेरिकाकै बदनाम जेलमा राखियो « Khabarhub

राष्ट्रपति मादुरोलाई अमेरिकाकै बदनाम जेलमा राखियो


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई न्यूयोर्क सिटीको मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) जेलमा सारिएको छ।

विलासी जीवन बिताउँदै आएका मादुरोका लागि यो जेलमा बिल्कुलै विपरीत वातावरण भएको बताइएको छ।

एमडीसी अमेरिकाका सबैभन्दा खराब जेलहरूमध्ये एक मानिन्छ। धेरैले यस जेललाई अत्यन्तै फोहोर र डर लाग्दो भनेर वर्णन गरेका छन्। यहाँ कर्मचारीको ठूलो अभाव छ।

कैदीहरूबीच हिंसा सामान्य छ । विद्युत अवरुद्ध हुनु पनि यहाँको बारम्बारको समस्या हो। यो जेल सन् १९९० को दशकमा जेलको भीड घटाउन बनाइएको थियो।

यसअघि यहाँ गायक आर केली, औषधि व्यापारी मार्टिन श्रेकली, घिसलेन म्याक्सवेल, क्रिप्टो व्यापारी स्याम बैंकम्यान–फ्राइड र संगीत उद्योगका दिग्गज सीन ‘डिडी’ कोम्ब्स जस्ता उच्च–प्रोफाइल कैदी राखिएका थिए।

कुख्यात लागु औषध कारोबारका नेता इस्माइल ‘एल मायो’ जाम्बादा गार्सियालाई पनि यहीँ राखिएको थियो।

यो जेलभित्र हिंसाको जोखिम सधैं रहन्छ। सन् २०२४ को जुनमा एक कैदीको चक्कु प्रहारबाट हत्या भयो । त्यसको एक महिनापछि झगडामा अर्का एक कैदीको मृत्यु भएको थियो।

सन् २०१९ मा जेलमा ठूलो विद्युत संकट पनि आएको थियो। करिब एक हप्ता कैदीहरू चिसो र अन्धकारमा बस्न बाध्य भएका थिए।

यहाँका शौचालयहरू पनि सधैं प्रयोग गर्नलायक रहँदैनन् । कैदीहरूलाई धेरै दिनसम्म सेलबाट बाहिर निस्कन दिने गरिएको छैन ।

उता अमेरिकी आक्रमणमा भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य बेस फुएर्ते टियुना ध्वस्त भएको छ। यहीँबाट शनिबार मादुरो र उनकी पत्नी पक्राउ परेका थिए।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ४८ बजे

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड