राष्ट्रपति मादुरोलाई अमेरिकाकै बदनाम जेलमा राखियो « Khabarhub

राष्ट्रपति मादुरोलाई अमेरिकाकै बदनाम जेलमा राखियो


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई न्यूयोर्क सिटीको मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) जेलमा सारिएको छ।

विलासी जीवन बिताउँदै आएका मादुरोका लागि यो जेलमा बिल्कुलै विपरीत वातावरण भएको बताइएको छ।

एमडीसी अमेरिकाका सबैभन्दा खराब जेलहरूमध्ये एक मानिन्छ। धेरैले यस जेललाई अत्यन्तै फोहोर र डर लाग्दो भनेर वर्णन गरेका छन्। यहाँ कर्मचारीको ठूलो अभाव छ।

कैदीहरूबीच हिंसा सामान्य छ । विद्युत अवरुद्ध हुनु पनि यहाँको बारम्बारको समस्या हो। यो जेल सन् १९९० को दशकमा जेलको भीड घटाउन बनाइएको थियो।

यसअघि यहाँ गायक आर केली, औषधि व्यापारी मार्टिन श्रेकली, घिसलेन म्याक्सवेल, क्रिप्टो व्यापारी स्याम बैंकम्यान–फ्राइड र संगीत उद्योगका दिग्गज सीन ‘डिडी’ कोम्ब्स जस्ता उच्च–प्रोफाइल कैदी राखिएका थिए।

कुख्यात लागु औषध कारोबारका नेता इस्माइल ‘एल मायो’ जाम्बादा गार्सियालाई पनि यहीँ राखिएको थियो।

यो जेलभित्र हिंसाको जोखिम सधैं रहन्छ। सन् २०२४ को जुनमा एक कैदीको चक्कु प्रहारबाट हत्या भयो । त्यसको एक महिनापछि झगडामा अर्का एक कैदीको मृत्यु भएको थियो।

सन् २०१९ मा जेलमा ठूलो विद्युत संकट पनि आएको थियो। करिब एक हप्ता कैदीहरू चिसो र अन्धकारमा बस्न बाध्य भएका थिए।

यहाँका शौचालयहरू पनि सधैं प्रयोग गर्नलायक रहँदैनन् । कैदीहरूलाई धेरै दिनसम्म सेलबाट बाहिर निस्कन दिने गरिएको छैन ।

उता अमेरिकी आक्रमणमा भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य बेस फुएर्ते टियुना ध्वस्त भएको छ। यहीँबाट शनिबार मादुरो र उनकी पत्नी पक्राउ परेका थिए।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ४८ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा