कहिले भीटेन अघि, कहिले यम बुद्ध, लाहुरे निकै पछाडि « Khabarhub

कहिले भीटेन अघि, कहिले यम बुद्ध, लाहुरे निकै पछाडि


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले नेपाली र्‍याप सिनको प्राइममा रहेका र्‍यापर भिटेनको गीत ‘यात्रा’ र यमबुद्धको गीत ‘साथी’ युट्युबमा सर्वाधिक भ्युज पाउने दौडमा देखिएका छन् ।

केही वर्षअघिसम्म युट्युबमा सर्वाधिक भ्युज पाउने गीतको दौडमा आशिष राना ‘लाहुरे’को गीत ‘सुपररागा’ र भीटेनको गीत ‘हाल खबर’ थिए । त्यसबेला यो दौडमा यमबुद्ध थिएनन् ।

अहिले लाहुरे यो दौडबाट पछि छोडिएका छन् । उनको ‘सुपररागा’ले ३ करोड ७२ लाखभन्दा केही बढी मात्रै भ्युज पाएको छ । जबकी भिटेनको दोस्रो सर्वाधिक भ्युज पाउने गीत ‘हालखबर’ले ४ करोड १२ लाखभन्दा बढी भ्युज पाएको छ ।

नेपाली र्‍याप सिनका लागि दुलर्भ मानिने ५ करोड (५० मिलियन) भ्युजको सफलता कटाउने दुई गीत भीटेनको ‘यात्रा’ र यमबुद्धको ‘साथी’ हुन् ।

सबैभन्दा बढी झन्डै ३ करोड युट्युब सस्क्राइबर भएका भिटेनको ‘यात्रा’ले ५ करोड ८१ लाखभन्दा बढी भ्युज पाएको छ । यो गीत सर्वजजिक भएको आगामी फेब्रुअरीमा ६ वर्ष पूरा हुन्छ ।

१४ वर्षअघि सार्वजनिक भएको यमबुद्धको ‘साथी’ले ५ करोड ७९ लाखभन्दा बढी भ्युज पाएको छ । ‘साथी’भन्दा २ लाख बढी भ्युज ‘यात्रा’ले पाएको छ । ‘साथी’ र ‘यात्रा’ अहिले अघिपछि भइरहन्छन् ।

यमबुद्धको निधन भएको करिब ९ वर्ष भयो । अहिले पनि उनको गीतले दर्शकबाट उत्तिकै साथ पाएको छ । अहिले प्राइममा रहेका भीटेनसँग सर्वाधिक भ्युजको दौडमा ‘साथी’ रहनु यसको प्रमाण हो ।

‘साथी’ गीतले नेपाली र्‍यापको धार नै परिवर्तन गरेको थियो । लागुऔषध, क्लब, युवती र लक्जरी जीवनशैलीबारे र्‍याप गीत बन्ने त्यस अवस्थामा यमबुद्धले साथीको वियोगको सम्झनामा ‘साथी’ गीत निकालेका थिए ।

त्यसयता यथार्थवादी गीतको महोल भएको हो । सोहीकारण यस गीत नेपाली हिपहपको कोशेढुंगा मानिन्छ । यमबुद्धलाई यही गीतले स्टार बनाएको थियो ।

प्राइममा रहेका बेलै आत्माहत्या गरी दर्शकबाट दूरी बनाएका यमबुद्धलाई दर्शकले बिर्सन सकेका छैनन् । उनका लोकप्रिय गीतहरुले उनलाई अमर बनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ५६ बजे

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा