अनिल कपूरले किने ‘नायक’को अधिकार, सिक्वेल बन्ने सम्भावना बलियो « Khabarhub

अनिल कपूरले किने ‘नायक’को अधिकार, सिक्वेल बन्ने सम्भावना बलियो


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड चर्चित बलिउड अभिनेता अनिल कपूरले आफ्नो फिल्म ‘नायक : द रियल हिरो’ को अधिकार आफैँले खरिद गरेका छन्। सन् २००१ मा रिलिज भएको यो फिल्म २५ वर्षपछि फेरि चर्चामा आएको छ।

बलिउड हंगामाको रिपोर्टअनुसार, अनिल कपूरले फिल्मको अधिकार लिएसँगै यसको सिक्वेल बन्ने सम्भावना बलियो भएको बताइएको छ। पहिले निर्माता दीपक मुकुटसँग रहेको अधिकार हाल अनिल कपूरको हातमा आएको हो।

स्रोतका अनुसार, ‘नायक’ अनिल कपूरको करियरको एक विशेष फिल्म भएकाले उनी यसको कथा अगाडि बढाउन इच्छुक छन्। दर्शकबाट लामो समयदेखि पाएको माया र कथाको समसामयिक महत्वलाई मध्यनजर गर्दै सिक्वेलको योजना अघि बढ्न सक्ने चर्चा छ।

फिल्म ‘नायक’ मा अनिल कपूरले २४ घण्टाका लागि मुख्यमन्त्री बन्ने साधारण व्यक्तिको भूमिका निभाएका थिए, जसले राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउँछ। फिल्म समयसँगै कल्ट क्लासिक बनेको थियो। यसमा रानी मुखर्जी, परेश रावल र जॉनी लिभरले पनि महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : २६ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय