भेनेजुएलामा आक्रमणविरुद्ध अमेरिकी दूतावाससामु उत्रिए विद्यार्थी (तस्बिरहरू) « Khabarhub

भेनेजुएलामा आक्रमणविरुद्ध अमेरिकी दूतावाससामु उत्रिए विद्यार्थी (तस्बिरहरू)


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आज महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप हुनु हुँदैन र त्यहाँको सार्वभौमसत्ताको रक्षा गरिनुपर्छ भन्ने माग राखेका थिए। 

उनीहरूले अमेरिकामाथि तत्काल आफ्नो नीति फिर्ता लिन र भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्नुपर्ने आवाज उठाएका छन्।

छोटो समयको लागि आयोजित यो प्रदर्शनमा विद्यार्थीहरूले नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए र दूतावासको वरिपरि शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ३४ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको