भेनेजुएलामा आक्रमणविरुद्ध अमेरिकी दूतावाससामु उत्रिए विद्यार्थी (तस्बिरहरू) « Khabarhub

भेनेजुएलामा आक्रमणविरुद्ध अमेरिकी दूतावाससामु उत्रिए विद्यार्थी (तस्बिरहरू)


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आज महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप हुनु हुँदैन र त्यहाँको सार्वभौमसत्ताको रक्षा गरिनुपर्छ भन्ने माग राखेका थिए। 

उनीहरूले अमेरिकामाथि तत्काल आफ्नो नीति फिर्ता लिन र भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्नुपर्ने आवाज उठाएका छन्।

छोटो समयको लागि आयोजित यो प्रदर्शनमा विद्यार्थीहरूले नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए र दूतावासको वरिपरि शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ३४ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली